• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भारदहमा उप–सभामुख र मन्त्रीको पुतला दहन

DSCN5397रामसेवक यादव
भारदह, ६ कार्तिक । मधेशी मोर्चा सप्तरी क्षेत्र नम्वर–२ र मधेशी संघर्षशील समाज मधवापुरद्वारा शुक्रवार भारदहमा उप–सभामुखसहित मन्त्रीहरुको पुतला दहन गरिएको छ ।
उपसभामुख गङ्गाप्रसाद यादव र विना विभागीय मन्त्री सत्यनारायण मण्डलको पुतला बोकेर चर्को नाराबाजी गर्दै भारदह र पोर्ताहा बजारको विभिन्न भाग परिक्रमा गरेको थियो । परिक्रमा पश्चात सहीद चौकमा पुगेर उपसभामुख यादव र विना विभागीय मन्त्री मण्डलको पुतला दहन गरिएको छ । DSCN5389
मधेशी जनता आन्दोलित रहेको अवस्थामा उनीहरु सरकारमा सहभागी भएको भन्दै आक्रोशित सर्वसाधारण जनताको सक्रियतामा पुतला दहन गरिएको छ । आन्दोलनकारीहरुले मधेशको माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।