Top_Header_Right_Add

सबैपक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रजिअको प्रतिवद्धता

सबैपक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रजिअको प्रतिवद्धता

राजविराज, २९ असोज । नव आगन्तुक सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले लामो बन्दले गर्दा जिल्लाको जनजिवन असहज भएको भन्दै त्यसलाई सहज बनाउन सबैपक्षसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रवार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँगको भेंटघाटका क्रममा उनले यस्तो कुरा बताएका हुन् । मधेश आन्दोलनले गर्दा जिल्लामा करिब दुई महिनादेखि सरकारी कार्यालयहरु नखुल्दा सर्वसाधारण जनतालाई असहज भइरहेकोले त्यसलाई बिस्तारै सहज बनाउन सबैपक्षलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न प्रमुख जिल्ला अधिकारी ठाकुरले बताए । पेट्रोलियम पदार्थ, ग्याँस लगायतका सामानहरुको अभाव रहेकोले आपूर्तिलाई सहज बनाउने उनले विश्वास व्यक्त गरे ।
जिल्लाको शान्ति सुरक्षा तथा सेवा सुविधालाई प्रभावकारी बनाउनुका साथै कालाबजारी नियन्त्रण गर्न समेत ठोस कदम चाल्ने उनले प्रतिवद्धता व्यक्त गरे ।    लोकतन्त्रमा आफ्ना कुरा शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकार आमनागरिकलाई रहेको भन्दै जिल्लाको शान्ति सुरक्षाको व्यवस्था मिलाउने आफूहरुको जिम्मेवारी रहेको बताए । पत्रकारहरुसँग आफूले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘म यसघि सप्तरी जिल्लाको स्थानीय विकास अधिकारी भएर काम गरिसकेको छु, यसपटक भने प्रमुख जिल्ला अधिकारको जिम्मेवारीमा आएको छ, आ–आफ्नो स्थानबाट सहयोग गर्न आमजिल्लावासीसँग मेरो आग्रह छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer