• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुई महिने व्युटिसियन तालिम उदघाटन

वीरगञ्ज, ३० कार्तिक । युवा सरोकार समाज नेपाल कुम्हाल टोलले दुई महिने ब्युटिसियन तालिम शुरु गरेको छ ।
वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर ६ कुम्हाल टोलको वडा कार्यालयको सभाहलमा उदघाटन गर्दै ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेले आजको युगमा सौन्र्दय कलाको विशेष महत्व रहेको र वर्तमान समयमा महिलाहरुले ब्युटिपार्लर व्यवसाय प्रति आर्कषण बढदै गएको बताए । विश्व हिन्दू परिषद पर्साका अध्यक्ष एवं नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य समेत रहेका प्रमुख अतिथि दुवेले महिलाहरु आय आर्जन एवं आर्थिक रुपले सवल भए मात्र परिवार सुखी हुने धारणा राख्दै समृद्ध समाज निर्माणका लागि समृद्ध परिवार हुन जरुरी रहेको बताए ।
वडा सचिव श्रीराम सिंहको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा वडा प्रहरी कार्यालय बिर्ता वीरगंजका प्रमुख प्रहरी निरिक्षक जिवलाल चुडाली, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, दुई महिने तालिमको प्रशिक्षिका र ऋद्धि सिद्धि व्युटिपार्लर एण्ड टे«निङ्ग सेन्टरकी सञ्चालिका सीमा दुवेलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
युवा सरोकार समाज नेपालका अध्यक्ष सुरज कुमार कुर्मीले सहजीकरण एवं सम्झना व्युटिपार्लरकी सञ्चालिका सम्झना गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरिन् ।