• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बनारसका पण्डाहरुले बनाएको संविधानको औचित्य छैनः उपेन्द्र

बनारसका पण्डाहरुले बनाएको संविधानको औचित्य छैनः उपेन्द्र

इटहरी, १५ भदौ । सङ्घीय गठबन्धन मोर्चाका संयोजक उपेन्द्र यादवले भारतको बनारसका सात जना पण्डाहरु ओली दाहाल, कोइराला सिटौला खनाल नेपाल लगायतले सिँहदरवारको कुनै काल कोठरीमा बसेर जारी गरेको संविधान मान्ने योग्य नरहेकोले विरोधसँगै जलाउने कार्य गरेको बताएका छन ।
सुनसरीको ईटहरीमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका नेता यादवले आम नेपाली जनताका पक्षमा छलफल समेत नगरे र संविधानसभामा ह्वीप जारी गरेर ल्याईएको सिमित पण्डाहरुको लाभकालागि ल्याईएको संविधानले सवै क्षेत्र जाती भाषा र समुदायको प्रतिनिधित्व पनि नगर्ने भएकैले त्यसको आलोचना र विरोध स्वभाविक रुपमा भइरहेको बताए । राणा शासनकालदेखि हालसम्म आइपुग्दा राजा राणा, राजा नेता र केही सिमित नेताहरु स्वार्थ प्रेरित भएर ७ वटा संविधान आईसकेको तथा ती सवै संविधानले आम नेपाली उत्पीडित विभेदमा पारिएका एवम राज्यले पछाडि पारिएका समुदायको भावना मर्म र समान सहभागिताका विषयलाई सम्वोधन नगरेकाले यो संविधानको विरुद्धमा आवाज उठाई रहेको पूर्व उप–प्रधानमन्त्री एवम परराष्ट्रमन्त्री यादवले बताए ।kumar lingden
नेता कुमार लिङ्देनले वर्तमान राज्यसत्तालाई विभेदमा पारिएका र पहिचानवादी लिम्वूवान खम्वूवान लगायतका आदिवासी जनजातीको मुक्ति आन्दोलनलाई सार्थकतामा रुपान्तरण गर्न मधेशवादी र पहिचानवादी लिम्वूवान खम्वूवान लगायतको संयुक्त मोर्चा जरुरी भएकैले निर्णायक तहसम्म पुग्न सहकार्य अघि बढाईरहेको बताए । ध्रुबकुमार सुब्बा लिम्वूको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा सङ्घीय गठबन्धन घटकमा आवद्ध विभिन्ना राजनीतिक दलका नेताहरुले पनि आ–आफ्नो दृष्टिकोण राखेका छन् ।