• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

क्याम्पस प्रमुखको सहमतीले परीक्षामा खुलाआम चीट

क्याम्पस प्रमुखको सहमतीले परीक्षामा खुलाआम चीट

राम नारायण पंडित
सिरहा, १५ भदौ । रकम चलखेलका कारण सिरहाको गोलबजार स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा सञ्चालित स्नातक तह प्रथम वर्षको परीक्षा खुलेआम चिट चोरी भइरहेको रहस्य खुलेको छ ।
परीक्षाको नियमअनुसार एउटा डेक्स वेञ्चमा दुई जना विद्यार्थी वस्नु पर्ने व्यवस्था भएपनि विद्यार्थीहरु मनपर्दी तरीकाले तीन चार जनासम्म एकैठाउँमा बसेर परीक्षा दिइरहेको पाईएको छ । क्याम्पस प्रमुख किशोर कुमार साह आफै बसेर परीक्षा लिइरहेकोप्रति क्याम्पसका शिक्षकहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
आर्थिक प्रलोभनमा परेर क्याम्पस प्रमुख साहले परीक्षा मनपरी तरीकाले सञ्चालन गरिरहेकोले यसबाट क्याम्पसलाई नै घाटा हुने निश्चित रहेको क्याम्पसका एक शिक्षकले बताए । परीक्षामा सम्वन्धित क्याम्पसकै विषयगत शिक्षकहरु उपस्थित भएर चिट बनाउने कार्यमा संलग्न रहेको नाम नबताउने शर्तमा एक शिक्षकले बताए । rry (2)
परीक्षामा सहलेश कलेज लहानका शिक्षक गौरीशंकर चौधरी र फूलेश्वर साह उपस्थित रहेका थिए । परीक्षा निरीक्षणको लागि केन्द्रीय टोली आउने जानकारी आएपछि उनीहरु परीक्षाकेन्द्रबाट बाहिरिएका थिए । उनीहरुको उपस्थितिबारे कलेज प्रमुखसँग जिज्ञासा राख्दा एक जना शिक्षक प्रवेश पत्र लिएर आउन पाउने बताए । परीक्षा केन्द्रमा खिचिएको फोटो डिलेट गर्न समेत सञ्चारकर्मीलाई दवाव दिएको थियो । परीक्षा केन्द्रमा सहलेश कलेज लहान, रामजानी कलेज सुखिपुर, सरस्वती कलेज मोहनपुर र ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । परीक्षामा व्ल्याकवोर्ड र चिठ समेत प्रयोग हुने गरेको श्रोतले जनाएको छ ।