Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पशुपालकहरुको पुजनीय स्थल कृष्णाराम मरौटी

पशुपालकहरुको पुजनीय स्थल कृष्णाराम मरौटी

श्यामसुन्दर यादव
लोक संस्कृतिसँग जोडिएको लोकनायक कृष्णाराम मरौटी स्थल सप्तरीे जिल्लाको बक्धुवा गाविस देखि १४ किलोमिटर उत्तरतर्फको भित्री जङ्गलमा पर्दछ । महुली पुलदेखि उत्तरतर्फको चुरे जङ्गलमा रहेको मनोरम स्थलसम्म पुग्न खोला तथा गुफा भएर जानुपर्ने हुन्छ । ठाउ“–ठाउ“मा झरनाको मनोरम दृश्य, जङ्गलको चराचुरूङ्गीको आवाजका साथै अन्य आकर्षक दृश्यहरूले पर्यटक तथा दर्शनार्थीहरूको मन लोभ्याउने गर्दछ ।
घोसिन यादव कुलमा जन्मेका लोक देवताको रूपमा पुजित कृष्णाराम र शोभरण दुई दाजुभाइ थिए । कृष्णारामले त्यसक्षेत्रमा आफ्ना गाईभैंसीका बथान राख्ने गरेको किंवदन्ती रहेको छ । लोकगाथामा उल्लेख भए अनुसार कृष्णाराम त्यहाँ गाई चराउने गर्दथे र फुर्सदमा कुश्ती खेलेर बिताउ“थे । त्यतिबेला गाई, भैंसी र भालु एकै साथ खोलामा पानी पिउने गरेको कृष्णारामकोे लोकगाथामा उल्लेख छ ।shyam
नव विवाहिता पत्नीलाई समेत भुलेर उनी गाईवस्तुसितै बढी समय बिताउने गरेका कारण उनकी पत्नी बुधना दुःखी रहन्थिन् । त्यसैले आमा कजलाले माइलो छोरा शोभरणलाई दौरी बथान (मरौटी आसपासको क्षेत्र जहाँ कृष्णरामले गाईवस्तु चराउँथे ।) पठाएर दाजुलाई केही दिनका लागि घर लिई आउन अह्राइन् । भाइ लिन आएपछि कृष्णराम आफ्ना साथी बोधीरामलाई गाईवस्तु जिम्मा लगाएर घर फर्किंदा ती दुवै दाजुभाइ नेबुवा बागमा लोकनायक सलहेशका भाञ्जा कारिकान्तद्वारा मारिएपछि कृष्णाराम बसेको दौरी बथान क्षेत्र पशुपालकका लागि पुजनीय स्थल बन्न पुगेको छ ।
निम्बुको रूख अत्यधिक भएका कारण उक्त वनको नाम नेबुवा रहन गएको हो । त्यहा“ निम्बु अत्यधिक फलेकोले राजा सलहेशको अनुमतिबिना नै शोभरन निम्बुका रूखहरू सखाप पार्न थालेको आक्रोशमा कृष्णाराम र शोभरन मारिएको लोकगाथामा उल्लेख छ । कृष्णाराम र शोभरन दुवै दाजुभाइ मारिएको स्थलमा रूखमुनि सयौंको सङ्ख्यामा काला पत्थरका टुक्राहरू थुपारिएका छन् । पत्थरका उक्त टुक्राहरू दुवै दाजुभाइको शरीरको अङ्ग भएको जनविश्वास रहेको छ ।
कृष्णारामले गाईवस्तु बा“ध्न बनाएको सखुवा काठको किल्ला र आगो ताप्ने ठाउँ त्यहाँ यथावत् छ । कृष्णारामको मृत्यु भएको कारणले उक्त स्थललाई मरौटी भनेर चिनिन्छ । त्यस स्थानमा जनार दिने प्रचलन रहेको छ । घरमा पालेको गाई–भैंसी ब्याउँदा पहिले कृष्णारामलाई खीर, दही, लड्डु र पान सुपारी प्रसादको रूपमा चढाइन्छ । पशुहरूको रक्षक भनेर चिनिने कृष्णारामलाई दादाजी भनेर श्रद्धापूर्वक सम्वोधन गरिन्छ । कृष्णारामलाई यस स्थानमा पशुपालक कृषकहरू नेपालको विभिन्न जिल्लाका साथै भारतबाट दही र दुध लिएर आउने गर्दछन् । SDC14537
कृष्णाराम मरौटीस्थलसम्म पुग्न नसक्ने पशुपालकले उनकै नामबाट घरमै जनार दिने प्रचलन रहेको छ । किसानहरूले गाईभैंसी दुहेपछि प्रत्येक दिन किलामा दुधको धारा चढाएर कृष्णारामलाई सम्झिने प्रचलन अहिलेसम्म कायमै छ । जङ्लकै दाउराबाट त्यही खीर पकाईन्छ । अर्को के विशेषता छ भने खीर पकाउने बेलामा हातले नै उम्लिरहेको दुध चलाउने परम्परा रहेको छ ।
इतिहासविद् हरिकान्तलाल दासका अनुसार मरौटी पुगेर खीर चढाउनुलाई नै स्थानीय भाषामा जनार दिने भनिएको हो । मरौटीमा जतिसुकै मान्छे पुगे पनि नघट्ने अर्को विशेषता छ । कृष्णरामलाई मरौटी पुगेर जनार दिनाले गाईवस्तु निरोगी हुने, गोठमा चौपाया बढ्ने जनविश्वास छ । यो परम्परा करिब सात सय वर्षदेखि चल्दै आएको छ ।
किसानहरूको पेशासित जोडिएको पशुपालन र पशुपालनसित जोडिएको कृष्णारामको गाथालाई स्मरण गराउने मरौटी क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सके जिल्लाकै आर्थिक अवस्था सुदृढ हुने निश्चित छ । त्यहा“ श्रद्धालु तथा पर्यटकहरूकालागि ओत मार्न समेत केही सुविधा नभएको अवस्थामा उक्त स्थानमा सभासद् शिवराम यादवले सभासद् विकास कोषबाट काठको धर्मशाला बनाएका छन् । उनले समय–समयमा उक्त क्षेत्रको विकासकालागि विभिन्न प्रयास गर्दैआएका छन् । बाटो–घाटो र सुरक्षा व्यवस्थाका साथै यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।
संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा आवश्यक भौतिक पूर्वाधार निर्माणको केही प्रयास भए पनि पर्याप्त छैन । यस स्थानमा नेपाल लगायत भारतको मधुवनी, सहर्षा, अररिया, झंझारपुर क्षेत्र समेतबाट दर्शनार्थीहरू आउने गरेपनि बाटो–घाटो, खानेपानी, व्यवस्थित धर्मशाला र सुरक्षाको अभावले यो महत्वपूर्ण स्थल ओझेलमा पर्न गएकोले यसतर्फ सम्वन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनु जरूरी छ ।
(लेखक ‘न्यूज टुडे’का सम्पादक तथा मैथिली साहित्य परिषद्का सचिव हुन् ।)

[001428]

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *