• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अमहाको चुरे क्षेत्र हराभरा बनाउने अभियानमा नेपाली सेना

अमहाको चुरे क्षेत्र हराभरा बनाउने अभियानमा नेपाली सेना

राजविराज, १३ भदौ । सप्तरीलगायत मधेशका जिल्लाहरुमा चुरे क्षेत्र उजाड हुँदै गएपछि बृक्षारोपण तथा संरक्षण गर्ने कार्यलाई नेपाली सेनाले तिब्रता दिएका छन् ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम अन्तर्गत सिन्धुलीको रानीवास–६ स्थित नेपाली सेनाको नम्वर १ वन तथा पर्यावरण सुरक्षा गणले मधेशका जिल्लाहरुमा चुरे क्षेत्र संरक्षण गर्न सक्रियता बढाएको हो । गणले सोमवार सप्तरीको पन्सेरा गाविस स्थित अमहामा एक कार्यक्रमका बीच राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशलयका महानिर्देशक उपरथी हरिबहादुर बस्नेत, श्री नम्वर १८ वाहिणी अड्डाका वाहिनीपति सहायक रथी सुवर्ण वहादुर शाह, गणका प्रमुख सेनानी किरण विक्रम थापा, श्रीकृष्ण दल गणका गणपति डम्बरबहादुर बोहरा, जिल्ला वन कार्यालय राजविराजका प्रमुख धीरेन्द्र कुमार सिंह, वन प्राविधिक सुमनकान्त झालगायतले बृक्षारोपन तथा रोपिएका विरुवाहरुको निरीक्षण गरेका छन् ।
अमहा क्षेत्रको राजाजी र सिंहेश्वरा सामुदायिक वनको करिब एक सय एक हेक्टर क्षेत्रमा गत वर्षदेखि वृक्षारोपण शुरु भएपछि गणको अधिकृतको कमाण्डमा सेनाको एक गुल्म तैनाथ गरिएको छ । सत्तरी प्रतिशत चुरे र ३० प्रतिशत मैदानी भूभाग भएको उक्त क्षेत्रमा जिल्ला वन कार्यालयको प्राविधिक सहयोगमा २२ प्रजातीका एक लाख ६५ हजार ६ सय २३ ओटा विरुवा रोपिसकिएको गुल्मका गुल्मपति हरि पौडेलले जानकारी दिए ।
कुल २ सय ३५ हेक्टरमध्ये २ सय हेक्टरमा विरुवा रोपेर नेपाली सेनाले संरक्षण गर्दैआएको छ । पाँच वर्षभित्र उक्त क्षेत्रलाई हराभरा तुल्याएर समुदायलाई नै हस्तान्तरण गरिने छ ।IMG_7728