• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

राजविराज, १२ भदौ । सप्तरीको कटैया–७ स्थित नहरमा आइतवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स ६ प ९२६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालक सप्तरीको वसबिट्टि–६ का २५ वर्षिय उमेश कुमार रजकको मृत्यु भएको हो । गम्भिर घाइते भएका चालक उमेशलाई थप उपचारकोलागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही मोटरसाइकल दुर्घटनामा कटैया–६ का लाल खङ्ग मण्डलकी ८ वर्षिय छोरी आशा कुमारी मण्डल सामान्य घाइते भएकी छिन् । मोटरसाइकलमा पछाडि सवार कटैयाकै महेश कुमार रजक सामान्य घाइते भई स्थानिय क्लिनिकमा उपचार भइरहेको जनाइएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।