बिराटनगर, १२ भदौ । अनुगमन) वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा निस्केको अनुगमन टोलीले आइतवार विराटनगरका मिठाई पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा टोलीले विराटनगर–३ मा रहेको मोहन स्विटस् एण्ड स्न्याक्सबाट केही थान चिसो पेय पदार्थ जफत गरी नष्ट गरेको छ । उक्त टोलीले सोही पसलबाट खान अयोग्य रसभरीसमेत जफत गरी नष्ट गरेको छ ।
टोलीले विराटनगर–९ मा रहेको विकानेर स्वीटस् होममा पनि अनुगमन गरेको छ । यस्तै विराटनगर–९ मा रहेको आँगन होटलमा अनुगमन गर्दा सुगर फ्रि गुलाब जामुनको मूल्यमा ३५ प्रतिशत भन्दा बढी नाफा लिएर बेचेको पाइएको छ । यस्तै विराटनगरको युनिक मिठाइ पसलको अनुगमन गरी भान्सालाई सफा राख्न निर्देशन दिइएको छ । अनुगमनमा क्षेत्रीय खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय र उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।