• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीलाई रुखले ढाक्ने अभियान चलाएको छुः जिल्ला वन अधिकृत सिंह

सप्तरीलाई रुखले ढाक्ने अभियान चलाएको छुः जिल्ला वन अधिकृत सिंह

बोधराज सुवेदी
महुली, भदौ ११ गते । जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत धिरेन्द्र प्रसाद सिंहले केही वर्षभित्र सप्तरीलाई हरियाली बनाउने अभियान थालेको बताएका छन् ।
मझौ सामुदायिक वन उपभोक्ता समुहको १० औं साधारण सभाको सप्तरीको महुलीमा शनिवार उद्घाटन गर्दै सिंहले यस्तो कुरा वताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि सिंहले जिल्ला वन कार्यालयको उक्त अभियानलाई सफल पार्न उपभोक्ताहरुलाई आफ्नै जग्गामा रुख लगाउनुपर्नेमा उनले जोड दिए । उनले जिल्लाको उत्तरी भागको तुलनामा दक्षिणी भेगमा धेरै बाँझो जग्गा खेर गइरहेकोले उक्त जग्गाहरुमा सवैले रुख रोपेर सप्तरीलाई हराभरा पार्ने काममा सक्रियताकासाथ लागेको बताए । उनले भने –‘चुरेको विनास हुनु भनेको हाम्रो जीवनको समाप्ति हो । दक्षिणतिर हरियाली भए मात्र चुरेको संरक्षण गर्न सकिने रुख काट्नेलाई आफुले कडा भन्दा कडा कार्वाही गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
मझौ सामुदायिक वनका अध्यक्ष वृद्धिलाल आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा फेकोफनका केन्द्रीय सदस्य सुशील चौधरी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष भुवन प्रसाद आचार्य, आदर्श दुुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृति प्रकाश तिवारी लगायतले सामुदायिक वनको महत्वको बारेमा चर्चा गरे । कार्यक्रममा जिल्ला वन अधिकृत सिंह र ईलाका वन अधिकृत चतुर नारायण साहलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरे ।
आगामी पाँच वर्षकोलागि महेश्वर प्रसाद कोइरालाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः गजेन्द्र पाण्डे, तारा रुपाखेती र चुडाराज निरौला रहेका छन् । समितिको सदस्यमा टिकाराम अधिकारी, गोमा विक, भोला कार्की, राम वहादुर भुजेल र सागर तामाङ्ग चुनिएका छन् । समुहका सदस्य दुर्गा प्रसाद भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा सचिव दिब्यराज सुवेदीले प्रगति प्रतिवेदन तथा महेश्वर प्रसाद कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।