• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

बाल कल्याण गृहमा नायिका डोलीले मनाईन् जन्मदिन

बाल कल्याण गृहमा नायिका डोलीले मनाईन् जन्मदिन

राजविराज, ६ भदौ । मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारले सोमवार आफ्नो जन्मदिन राजविराज स्थित बाल कल्याण गृहका बालबालिकाहरुसँग मनाएकी छिन् ।
जन्मदिनको नाममा अत्यधिक तडक–भडक गर्ने परम्परालाई चुनौति दिँदै उनले विगत तीन वर्षदेखि बाल कल्याण गृहका बालबालिकाहरु रमाइलो गरेर जन्मदिन मनाएकी हुन् । २४ वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेकी नायिका डोलीले असहाय बालबालिकालाई लुगा, कपी, कलम, चाउचाउ र बिस्कुट वितरण गर्दै उनीहरुसँगै सामुहिक रुपमा केक काटेकी छिन् ।4
धार्मिक म्युजिक भिडिओको छायाङ्कन तथा नृत्य निर्देशनमा व्यस्त रहेकी उनले उक्त कार्यलाई थाती राख्दै बालबालिकाहरुसँग रमाईलो गर्न बाल कल्याण गृह पुगेकी थिईन् । सिनेमामा नायकका साथ तथा म्युजिक भिडिओहरुमा मोडेलका साथ अभिनय तथा नृत्य गर्ने डोलीले त्यहाँ रहेका बालबालिकालाई नाच्न लगाउँदै आफू पनि नृत्य गरिन् ।
हरेक बालबालिकालाई नाच्ने, गाउने, खेलकुद गर्ने चाहना हुने गरेको बताउँदै उनले भनिन् ‘बाल कल्याण गृहका बच्चालाई सबैले माया, ममता र दुलार गर्नुपर्छ त्यसैले मैले आफ्नो स्तरबाट भुमिका निभाउने प्रयास मात्र गरेको छु ।’ आफ्नो जन्मदिन सम्झिँदा सबभन्दा पहिला बालकल्याण गृहका बच्चाहरुलाई नै सम्झिने उनले बताईन् । ‘आफ्नो क्षमता भ्याएसम्म समाजकालागि केही नकेही कामहरु गर्दै जानुपर्छ’ नायिका डोलीले भनिन् ‘बच्चाहरुकासाथ रमाइलो गर्न पाउँदा म सर्वाधिक हुन्छु ।’
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, सप्तरी जागरणका सम्पादक बैद्यनाथ यादव, सङ्घीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, फिल्म निर्देशक सुर्यनारायण साह‘बैजु’, कलाकार मुकेश यादव, कवियत्री सर्वेश्वरी झा, कल्पना सरकार, गायिका अन्जु यादव, हुर्क नेपालका अध्यक्ष पार्थो सरकार, सामाजिक अभियन्ता पंकज सरकार, रेडियोकर्मी पल्लवी मिश्रालगायतले नायिका सरकारलाई शुभकामना दिईन् ।
3
उनले यस अघिका वर्षहरुमा समेत खेलकुद तथा शैक्षिक सामग्री वितरण गर्दै बच्चाहरुसँगै जन्मदिन मनाएकी थिईन् । डोलीले करिब दुई दर्जनभन्दा बढी मैथिली, भोजपुरी तथा थारु भाषाका म्युजिक भिडिओहरुमा काम गरिसकेकी छिन् भने एक दर्जन फिल्महरुमा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन् ।2