• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शिक्षक समाजको जिल्ला समिति गठन

राजविराज २९ साउन । नयाँ शक्ति नेपाल सप्तरीका संयोजक छेदी रजक (बिमल)ले व्यवहारिक र वैज्ञानिक शिक्षा आजको आवश्कता रहेको बताएका छन् ।
नयाँ शक्ति नेपाल निकट शिक्षक समाज नेपाल सप्तरीको शनिवार पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालय राजविराजमा प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक रजकले यस्तो कुरा बताएका हुन् । भेलामा नयाँ शतिm नेपालका केन्द्रीय सचिवालय सदस्य लक्ष्मी चौधरी, नेपाल प्रेस सोसाइटीका केन्द्रीय सदस्य तथा सप्तरी संयोजक नविन नरसिंह नेपाली, पार्टीका राजविराज नगर संयोजक अमृत साफी, विद्यार्थी संगठनका संंयोजक आनन्द कुमार यादव, जिल्ला सदस्य दिप नारायण साह लगायतले मन्तव्य व्यक्त गरे ।
भेलाले राजेन्द्र प्रसाद यादव संयोजक र उपेन्द्र चौधरी सह संयोजक रहने गरी १५ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ । समितिका सदस्हरुमा क्रमश मोे.साहजहाँ, राम अकवाल मण्डल, शम्भु चौधरी, शिव प्रसाद यादव, अशोक नारायाण झा, भोला प्रसाद साह,सियाराम चौधरी,संजय ईसर, विरेन्द्र प्रसाद यादव, शान्ति कुमारी यादव, मिना कुमारी साह, श्याम नारायण दास, हिरु चौधरी सदस्य रहेका छन् । भेलामा जिल्लाका विभिन्न विद्यालयबाट ४५ जना शिक्षकको सहभागिता रहेको थियो ।