• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एक सय ६० परिवारलाई राहत वितरण

राजविराज, २९ साउन । टुगेदर फर फ्लड भिक्टिम्स नामक स्वतन्त्र विद्यार्थीहरुको राहत अभियानद्वारा सप्तरीको विसहरिया–६ र लौनिया गाविसका १ सय ६० परिवारलाई शनिवार राहत वितरण गरिएको छ ।
बाढी पीडित प्रति परिवारलाई ३ किलो चिउरा, ७ प्याकेट चाउचाउ र ६ प्याकेट बिस्कुट, दालमोठसहितका सामानहरु वितरण गरिएको हो । राहत वितरण कार्यमा अधिवक्ता मदनमोहन चौधरी, युवा अधिकारकर्मी अभिनव कुमार चौधरी, समाजसेवी बब्लु सिंह, जीवन सिंह, सोनु सिंह, प्रभुनारायणलाल दास, भगवती बहुउद्देश्यीय संस्थाक अध्यक्ष रामबिलास यादव, सचिव अमरनाथ चौधरी, प्रशुराम यादवलगायतले सहयोग गरेको जनाईएको छ । राहत वितरण कार्यमा स्थानीय सांसद मिथिला चौधरीले समेत सहयोग गरेको आयोजकले जनाएको छ । आयोजक संस्थाका अनिल बुर्जामगर, सार्थक लम्साल, विवेक रेग्मी, आस्था खड्का र शान्ता खड्काले राहत वितरण गरेका छन् ।