• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महिला शक्ति नेपालको सप्तरी संयोजकमा चन्दा साह

महिला शक्ति नेपालको सप्तरी संयोजकमा चन्दा साह

राजविराज, २९ साउन । नयाँ शक्ति नेपालकी केन्द्रीय सचिवालय सदस्य माया बलले महिलाहरुको सर्वाङ्गिण विकासकालागि सशक्तिकरण आवश्यक रहेको बताएकी छिन् ।
महिला शक्ति नेपाल सप्तरीको प्रथम जिल्ला भेलामा प्रमुख अतिथि बलले यस्तो कुरा बताएका हुन् । जिल्ला विकास समिति सप्तरीको सभा कक्षमा पार्वती चौधरीको अध्यक्षतामा आयोजित भेलामा नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी समिति सदस्य लक्ष्मी चौधरी, सप्तरी जिल्ला संयोजक छेदी रजक (बिमल), नेपाल प्रेस सोसाइटीका केन्द्रीय सदस्य तथा सप्तरी संयोजक नविन नरसिंह नेपाली, केन्द्रीय सदस्य प्रेम नारायण यादव, कमला गौतम, जिल्ला सदस्य (पूर्व जन स्वास्थ्य अधिकृत) डम्बर नारायण साह, विधार्थी सङ्गठनका आनन्द यादव, मुस्लिमका ताज महम्द, दिप नारायण साह लगायतले मन्तव्य व्यक्त गरे ।
भेलाले सुश्री चन्दा साहको नेतृत्वमा ३५ सदस्य सप्तरी जिल्ला कार्य समिति चयन गरेको छ । समितिका सदस्यहरुमा सुश्री रेखा यादव, पार्वती चौधरी, नुरजान खातुन, मन्जु खड्का, सुधा देव, सिम्पल मण्डल, उर्मिला शरण, बसुन्धरा यादव, मिना मगर, गंगा विश्वकर्मा, चम्पा देवी राम, संतोषी प्रमाणी, लालो खातुन, नागेश्वरी शर्मा, जमिला खातुन, मिना देवी साह, महिन्द्रा खंग दशनी देवी यादव लगायत ३५ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । भेलामा ३ सय महिलाको सहभागिता रहेको थियो ।