राजविराज, १५ साउन । मधेसी ईञ्जिनियर स्टूडेन्ट यूनियन (मेसु)द्वारा सकरपुराका बाढी पिडितलाई शनिवार राहत वितरण गरिएको छ ।
युनियनले भुजा, चाउचाउ, ड्रिंकिङ्ग वाटर, जीवनजललगायतका सामग्रीहरु वितरण गरिएको हो । युनियनका उपाध्यक्ष भूपेन्द्र मिश्रा, कोषाध्यक्ष राहुल देव, अखिलेश देब, दिपेश देव लगायतको टोली राहत सामग्री वितरण गरेका छन् ।