काठमाडौं, १२ साउन । शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी र सरकारबीच भएको सम्झौताको बिरोधमा निजी मेडिकल सञ्चालकहरुले काठमाण्डौमा विशाल ¥याली प्रदर्शन गरेका छन् ।
आफुहरुको सहमति बिना गोविन्द केसीस“ग सरकारले सम्झौता गरेको भन्दै गम्भीर आपत्ती जनाएको निजी मेडिकल कलेजको साझा संस्था एशोसिएसन अफ प्राइभेट मेडिकल कलेजको अयोजनामा गरिएको बिरोध ¥याली माइतीघर मण्डलाबाट सुरु भएर बानेश्वरमा सकिएको थियो । डा. भोला रिजालको नेतृत्वमा माईतिघरमा भेला भएका डाक्टर, नर्स र मेडिकल कलेजका विद्यार्थीहरुले माइतिघर मण्डला ढाकेको थियो । चिकित्सा क्षेत्रमा आफनो पुरै जिवन समर्पित गरेका प्रा. डा लोकविक्रम थापा पहिलोपटक भ्रष्टाचार र निजी शिक्षामाथिको हस्तक्षेप बन्द गर्न दबाब दि“दै सडकमा उत्रिए । ‘तपाई आफना छोराछोरीलाई नेपालमा पढ्न नपाएर विदेश गएको हेर्न चाहनुहुन्छ ?’ उनले भने, ‘नेपालमै स्वास्थ्य शिक्षा दिनुपर्छ भनेर जिवन बिताउनेलाई वेवास्ता गरेर सरकारले डा. गोविन्द केसीसँग संझौता गरेको छ ।’ ![]()
![]()
‘निजी मेडिकल कलेजले दश प्रतिशत विद्यार्थिलाई निःशुल्क पढाएर देशलाई ठूलो योगदान गरेका छन डा. थापाले भने, ‘तर पनि त्यस्तो योगदानको अवमूल्यन गरिएको छ ।’ डा. केसीस“ग संझौता गर्दा निजी मेडिकल शिक्षालाई बाईपास गर्दै सरकारले डिटेक्टरसिप लागु गर्न खोजेको दाबी गर्दै थापाले भने, ‘यस्तो डिटेक्टरसीप बिरुद्ध हामी सबै एक हुनुपर्छ ।’ भर्खरै उच्च माध्यमिक शिक्षा परिषद्को सदस्य सचिवबाट रिटायर्ड भएका नारायण कोईरालासमेत बुधवार सड्कमा भेटिए । सरकारी बार्ता टोलीले गोविन्द केसिस“ग मनमोहन मेडीकल कलेज खरिद गर्ने संझौता गरेको सुन्दा आफुलाई अनौठो लागेको प्रतिक्रीया दि“दै उनले भने, ‘ए को सम्पती सरकारले खरिद गर्ने भन्दै संझौता पत्रमा हस्ताक्षर गर्ने बि र सि को हुन् ?’ ‘डा. गोविन्द केसी र सरकारका अधिकारी बिच संझौता भएको दिन मलाई ईदी अमिनको संझना आयो’ कोईरालाले भने, ‘२१ औं शताब्दीमा निजी क्षेत्रलाई निषेध गर्नुपर्छ भनेर कसैले भन्छ भने त्यो मान्छे नै होइन् ।’
प्रतिष्ठित डाक्टरहरु दामोदर गजुरेल, डा. चन्द्रा कार्की, डा. ओमकृष्ण मल्ल, आशिष थापा, लगायतका चिकीत्सा क्षेत्रका हस्तस्हरुले आफूहरु गोविन्द केसीको विरुद्धमा सड्कमा नआएको बरु भ्रष्टाचार र निजी क्षेत्रको हस्तक्षेप विरुद्ध खबरदारी गर्न उपस्थित भएको प्रतिक्रिया दिए । डाक्टरहरु बाहेक केही ईन्जिनीयरहरु समेत बुधवारको प्रदर्शनमा सहभागी थिए । ई. महेन्द्र कार्कीको नेतृत्वमा आएका दर्जनौं इन्जिनयरहरुले ‘भ्रष्टाचारी होसियार घुसखोरी खबरदार’ भन्दै नाराबाजी गरेका थिए ।
गत शनिबार डा. केसी समर्थितहरुले यही सडकमा अख्तियारको बिरोध गर्दै ¥याली निकालेर प्रदर्शन गरेका थिए । निजी क्षेत्रलाई धराशायी बनाउने उद्देश्यले गरिएको सम्झौताको बिरोध र समावेशीताको आधारमा अगाडि बढ्न सरकारलाई दबाव दिन भन्दै उनीहरुले ¥याली गरेका हुन् । चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउन भन्दै आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीस“ग सरकारले गएको सोमबार चारबु“दे सम्झौता गरेको थियो ।