राजविराज, १३ असार । सोमवार विहान वर्षासँगै परेको चट्याङ्ग लागेर सप्तरी एक जनाको मृत्यू भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
विहान करिब ८.३० बजेको समयमा परेको चट्याङ्ग लागेर सिम्राहा सिगियोन–९ का अर्जुन सदाकी ४५ वर्षिय रेखा कुमारी सदाको घटनास्थलमै मृत्यू भएको हो । घरबाट खेतसम्म धान रोप्न जाने क्रममा चट्याङ्ग लागेर मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले मृतक रेखाको शवलाई पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याईएको छ ।
यसैगरी सोमवार विहानै चट्याङ्ग लागेर राजविराज–२ कि ३५ कि मदिना खातुन र सिम्राहा सिगियोन–४ कि २५ कि शोभा देवी सदा घाइते भएकी छिन् । उनीहरुलाई उपचारकोलागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारकालागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।