वीरगञ्ज, १२ असार । नेपाल सरकारले दलित समुदायलाई लक्षित गरी हालै ल्याएको निशुल्क मिटर जडान अभियानमा सम्पुर्ण दलित समुदायलाई सहभागि हुन पर्सा क्षेत्र नम्वर– २ का सांसद बिचारी प्रसाद यादवले आग्रह गरेका छन् ।
यादवले आइतवार एक प्रेस बिज्ञप्ती जारी गरी यस्तो आग्रह गरेका हुन् । मिटरको सुबिधाबाट बञ्चित रहेका दलित समुदायलाई नेपाल सरकारले मिटर, मिटर बक्स, एमसीवी र तार निःशुल्क रुपमा बितरण गरी जडान गर्ने हुँदा सम्पूर्ण दलित समुदायलाई मिटर जडान गरी लाभ लिन आग्रह गरेका छन् ।
निःशुल्क मिटर जडानको लागि नेपाली नागरिकताको प्रतिलिपी, दलित प्रमाणितको प्रतिलिपी, सम्बन्धित गाविस वा वडा कार्यालयको सिफारिस र लालपुर्जाको प्रतिलिपी आवश्यक पर्ने यादवले बताए । मिटर जडानमा प्राविधिक खर्च पनि नलाग्ने हुनाले मिटर जडानका क्रममा कुनै पनि शिर्षकमा रकम नदिन दलित समुदायलाई यादवले बिज्ञप्ती मार्फत आग्रह गरेका छन् ।