• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जामुन फलमा औषधीय गुणको भण्डार

स्वास्थ्यकालागि अति गुणकारी फलहरुमध्येको एक हो जामुन । यो फल नेपालको मधेशका साथै केही पहाडी क्षेत्रमा समेत पाईन्छ । यतिबेला मधेशमा प्रशस्त मात्रामा जामुन लटरम्म फलेका छन् । खासगरी जेठदेखि साउनसम्म यो फल पाईने गर्दछ । पुर्ण रुपमा नपाकेको जामुन बैंगनी तथा पाकेपछि कालो रंगको हुन्छन् । खजुर फल भन्दा अलि ठूला अर्थात लगभग एक देखि दुई से.मी. लामो हुने गर्दछ । 1464592627-2955
यो फलको वृक्ष नेपाल लगायत भारत एवं दक्षिण एसियाको अन्य देशहरूका साथै इण्डोनेशियालागतका देशहरुमा पाईन्छ । यसलाई जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी तथा मैथिली भाषामा ‘जम’को नामले चिनिन्छ । हल्का गुलियो र हल्का अमिलो हुने यो फललाई धोएर सिधै खान सकिन्छ वा नुन मिलाएर समेत खाने गरिन्छ ।
यसमा ग्लूकोज, फ्रक्टोज र आइरनलगायतका मुख्य तत्वहरू हुने गर्दछ । यो फलमा खनिजको मात्रा अधिक हुन्छ भने शरीरलाई चाहिने आवश्यक क्यालोरी समेत प्रदान गर्छ । जामुनको फलको बीजमा कार्बोहाइड्रेट, प्रोटीन र क्याल्यिम अत्यधिक हुने गर्दछ । यस अतिरिक्त भिटामिन बी, कैरोटिन, म्याग्निसियम र फाइबर हुन्छ ।

जामुन खानाले जामुन शरीरको पाचनशक्ति मजबुत बनाउनुका साथै ग्याष्ट्रिक, कब्जियत आदीमा समेत लाभदायक मानिन्छ । मधुमेह –चीनी) रोगीहरुले यसको सेवन गरेमा धेरै लाभ हुन्छ । जामुनको बीऊलाई सुकाएर, पिँधेर सेवन गरेमा शरीरमा चीनीको मात्रा सही राख्ने गर्दछ । जामुनमा एन्टि कैंसर गुण समेत हुन्छ । जामुनको बीऊलाई चुर्ण बनाएर दहीसँग खाएमा पथरी भएका विरामीहरुलाई समेत लाभ मिल्छ ।