• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

आइतवारदेखि राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

आइतवारदेखि राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

राजविराज, ३ असार । आगामी जेठ २९ गतेदेखि राजविराजमा हुने भनिए पनि प्रतिकुल मौषमका कारण रोकिएको मदन आश्रित राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आइतवारदेखि सञ्चालन हुने भएको छ ।
युवा संघ नेपाल राजविराजको आयोजना र सप्तरी जिल्ला क्रिकेट संघ, जिल्ला खेलकुद विकास समिति सप्तरीको समन्वयमा राजरङ्गशालाको मैदानमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लव, हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौ, भैरहवा–११, जनकपुर, विराटनगर र सप्तरीका टिमको सहभागिता रहने जनाईएको छ ।
प्रतियोगिताका विजेता टिमलाई एक लाख, उप–विजेतालाई ५० हजार नगद पुरस्कार, कप शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने आयोजक युवा संघ नेपाल राजविराज नगर अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समितिको सहयोग, व्रिmकेट संघ सप्तरीको समन्वय तथा युवा संघ नेपाल नगर कमिटी राजविराजको आयोजनामा स्थानीय राजरंगशालामा शुरु हुन लागेको प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने आयोजकले जनाएको छ ।
व्रिmकेट संघ सप्तरीका सचिव आयुष श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको पत्रकार सम्मेलनमा जानकारी दिए । व्रिmकेट प्रतियोगितामा पूर्वाञ्चलमा हालसम्मकै ठूलो राशी पुरस्कार रहेको उनले बताए । पाँच दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक सप्तरी ११ र न्यू होराइजन क्लव मोरङ बीच हुने आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा करिब १८ लाख रुपैयाँ खर्च हुने जनाईएको छ ।