• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मैथिलीकर्मी यादवको श्रद्धाञ्जली सभा

नरेशचन्द्र बरबरिया
सिरहा, १८ जेठ । सिरहाको लहान स्थित पशुपति आदर्श उच्च माध्यमिक विद्यालय लहानको प्राङ्गणमा मैथिलीकर्मी प्रा.रामनारायण यादवको श्रद्धाञ्जली सभा सप्पन्न भएको छ ।
मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा आयोजना भएको कार्यक्रममा रामनारायणको तस्विरमा पुष्प अर्पण गरि १ मिनेट मौन धारण गरिएको थियो । श्रद्धाञ्जली सभा लगतै साहित्यिक गोष्ठी र सांस्कृतिक कार्यक्रमको शुभारम्भ विद्यापति गीत ‘जय जय भैरबीबाट भएको थियो ।
गायक तेजु मैथिल, जाबेद अलि, ज्योति बिश्वकर्मा, सृजना गजमेर लगायतले गीत प्रस्तुत गरेका थिए । दिनेश रसिया, गायत्री सिंह, नारायण मधुशाला, हृदयनारायण यादव, गजेन्द्र गजुर, रितेश मैथिल, तेजु मैथिलद्वारा गीत गजल प्रस्तुत गरिएको थियो । बिद्यानन्द वेदर्दीको संयोजनमा कार्यक्रम आयोजना गरिएको थियो ।