• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

नेपाललाई विश्वसामु चिनाउन खेलकुदः नेता पौडेल

नेपाललाई विश्वसामु चिनाउन खेलकुदः नेता पौडेल

वीरगञ्ज, १६ जेठ । क्षेत्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आइतवार वीरगंजमा उद्घाटन गरिएको छ ।
मध्यमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजराको सभापतित्वमा नारायणी रंगशालामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथी पुर्व युवा तथा खेलकुद मन्त्री एवं सांसद पुरुषोत्तम पौडेल, बिशिष्ट अतिथी पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादव, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य दिनेश राई लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । उक्त अवसरमा पर्साका सह– ईन्चार्ज प्रहलाद गिरी,पर्सा अध्यक्ष चिरन्जीवी आचार्य,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला खेलकुद बिकास समिती पर्साका अध्यक्ष सुदिप पौडेल,एमालेका युवा नेता अरबिन्द सिंह, सुन्दर कुर्मी, प्रभु हजरा, रामकिसोर सिंह पराग, दिपक तिवारी, ईन्जिनियर शिवचन्द्र यादव लगायतको उपस्तिथी रहेको थियो । प्रमुख अतिथी पौडेलले पानसमा दिप प्रज्जवलित गरी प्रतियोगिताको उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाली खेलाडिहरुले आफु भन्दा ठुला र शक्तिशाली राष्ट्रहरुलाई खेलको माध्यमले जित हासिल गरी नेपालको गरिमा बढाएको स्मरण गराए । पौडेलले नेपाललाई विश्वसामु चिनाउन खेलकुदको महत्वपुर्ण योगदान रहेको चर्चा गर्दै अब वीरगंजमा यस किसिमको प्रतियोगिताहरुलाई निरन्ता दिए मात्र यस क्षेत्रको खेलको बिकास हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथी पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले प्रतियोगिता बिहिन बन्दै गएको वीरगंज नगरीमा यस किसिमको प्रतियोगिताले राम्रो संदेश दिएको बताए । खेलाडीको जिवनमा अनुशासनको महत्वपुर्ण भुमिका रहेकोले अनुशासित भई खेल प्रर्दशन खेलाडीहरु लाई आग्रह गरे ।
नेपालको गौरवको रुपमा रहेको यस रंगशाला जिर्ण बन्दै गएको प्रति चिन्ता प्रकट गर्दै आउने बजेटमा यस रंगशालाको भौतिक पुर्वाधार बिकासको लागि बजेट विनियोजन गर्ने घोषणा समेत गरे । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराँते, उसु, क्रिकेट, फुटबल,कबडी लगायतको खेल हुने मध्यमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजारले बताए । नारायणी रंगशाला र जिल्ला खेलकुद बिकास समिती पर्साको कर्वडहल गरी दुई ठाँउमा प्रतियोगिता संचालन गरिने अध्यक्ष हजारले बताए । प्रतियोगितामा १९ जिल्लाका करिब १७ सय खेलाडी र कोचहरुले सहभागिता जनाएका छन् ।