• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीसहित देशैभरिका सरकारी कार्यालयहरुमा कालो झण्डा

सप्तरीसहित देशैभरिका सरकारी कार्यालयहरुमा कालो झण्डा

राजविराज, १७ वैशाख । सङ्घीय गठबन्धनले घोषणा गरेको विरोध कार्यक्रम अनुसार शुक्रवार सप्तरीसहित देशैभरीका सरकारी कार्यालयहरुमा कालो झण्डा झुण्ड्याईएको छ ।
गठबन्धन बाहेक अन्य दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायतका कार्यालयहरुमा कालो झण्डा झुण्ड्याईएको हो । मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलको नेतृत्वमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित सयौं अगुवा कार्यकर्ताहरुले नाराबाजी गर्दै करिब १०.४५ बजेको समयमा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा कालो झण्डा गाडेका छन् । 13106487_10206470316384516_1055739439_o
कालो झण्डा झुण्ड्याउने क्रममा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुले अवरोध पुर्याएका थिए । यद्यपी उक्त कार्यालयहरुमा समेत झण्डा झुण्ड्याईएको छ । मोर्चाका जिल्ला संयोजक मण्डलका अनुसार जिल्ला विकास समिति, जनस्वास्थ्य, जिल्ला खानेपानी, शिक्षा, विद्युत, नापी, कृषि, भू–संरक्षण, मालपोतलगायतका सरकारी कार्यालयहरुमा कालो झण्डा गाडिएको छ ।
विरोध कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय दिनेश यादव, दिपेन्द्र प्र्र्र्रसाद चौधरीसहित पार्टीका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।
यता सरकारी कार्यालयहरुमा भने सुरक्षा अवस्था भने कडा पारिएको छ ।

13112637_10206470318664573_969186443_o