राजविराज, १६ वैशाख । प्रधानाध्यापकले मोटो रकम लेनदेन गरेर शिक्षक नियुक्ती गरेको विद्यालय व्यवस्थापन समितिले आरोप लगाएका छन् ।
सप्तरीको वोरिया–८ स्थित जनता प्राथमिक विद्यालय कट्टिको विद्यालय व्यवस्थापन समितीले विहिवार मधेशी पत्रकार समाजले गरेको पत्रकार सम्मेलनमार्फत यस्तो आरोप लगाएका हुन् । विद्यालयको प्रधानाध्यापक रामचन्दर यादवले राहतमा रहेको दरबन्दीमा ४ लाख रकमको लेनदेन गरेर शिक्षक नियुक्ती गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्षको छोरा रामेश्वर यादवले पत्रकार सम्मेलनमा बताए । उनले भने–‘विद्यालय व्यवस्थापन समितीको वैठकले खुल्ला प्रतिस्पर्दाबाट शिक्षक नियुक्ती गर्ने सहमति भएपनि प्रधानाध्यापकले मनपरी रुपमा रकम लेनदेन गरेर शिक्षक नियुक्त गरेको हो ।’
व्यवस्थापन समितीको वैठकले भएको निर्णयलाई समेत वेवास्ता गरि प्रधानाध्यपाकले नियम विपरित शिक्षक नियुक्ती गरेको भन्दै नियुक्ती बदर गरेर खुल्ला विज्ञापन हुनुपर्ने तथा प्रधानाध्यापकले नियम मिचेर गरेको कार्यप्रति कारवाही हुनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुधन यादवले माग गरेका छन् ।
हाल प्रधानाध्यापकले रकम लेनदेन गरेर सुनिता यादवलाई नियुक्ती दिएको र गत केहि दिनदेखि हाजिर समेत गरिरहेकी उनले बताए ।