त्यसो त मैले विगतमा मैले देशका ७५ वटै जिल्लाको सर्सर्ती भ्रमण गरिसकेको हुँ! तर यही वैशाख ३ देखि १० गते सम्मको सप्तरीदेखि हुलाकी मार्ग हुँुदै कपिलवस्तुसम्मको भ्रमण जीवनकै अविस्मरणीय रह्यो! ८ दिनमा १० जिल्ला र प्रति दिन विहान ७ देखि राति ११ वा अर्को विहान १.३० वजे सम्म ( १६ देखि १८.३० घण्टा ) को भ्रमण र दैनिक ८-१०वटा कार्यक्रममा सहभागिताले धेरै पाठ र जीवनमा धेरै गर्न बाँकी छ भन्ने सिकाएकोछ!
१- मधेसी जनता नेपालको राष्ट्रिय स्वाधीनताका सबभन्दा ठूला पहरेदार र सीमामा विना बर्दीका सिपाही हुन्; उनीहरुलाई काठमाण्डौले हेर्ने दृष्टिकोण बदल्नुपर्छ;
२- हुलाकी मार्ग मधेसको लाइफ लाइन हो र यसको निर्माणमा उच्च प्राथमिकता दिनुपर्छ!
३- नेपालको अन्नभण्डार रहेको मधेसमा सिंचाइको सख्त अभाव छ र ठूला नदी डाइभर्जन योजना र डीप ट्यूववेल सिंचाइलाई उच्च प्राथमिकता दिनुपर्छ!
४- चुरे संरक्षण र कमला, रातु लगायतका दर्जनौं नदीहरूको तटवन्धनलाई विशेष प्राथमिकता दिनुपर्छ!
५-कृषिजन्य र अन्य उद्योगहरूको स्थापना गरी व्याप्त युवा वेरोजगारी अन्त्य गर्नुपर्दछ!
६- महिला,दलित र मुस्लिमहरूमाथिको विभेदको अन्त्य गर्न विशेष सामाजिक-सांस्कृतिक अभियान चलाइनुपर्छ!
७- तत्काल तराई-मधेसका प्रदेशहरूको सीमांकन लगायतका समस्याहरू तुरून्त समाधान गरी अर्को आन्दोलन को स्थितिलाई वेलैमा रोक्नुपर्छ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेजबाट