सप्तरी २० चैत्र । देश आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारीहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिकामा ५९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बोल्दै बक्ताहरुले सहकारीलाई कृषिमुखी बनाउन सरोकारवालाहरुले कदम चाल्नु आवश्यक रहेको बताए । उनीहरुले सहकारीलाई समाजिक रुपान्तरण गर्न योजना र सहकारी सम्वन्धी ठोस कार्यक्रम ल्याउनु पर्ने बताए ।
सहकारी प्रत्यक्ष रुपमा जनतालाई सहयोग गर्न सकिने भएकोले त्यसको विकासकालागि सवै मिलेर अगाडि वढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद कुमार दत्तले समाजमा महिलाहरुको कारण सहकारी फष्टाएको र उनीहरुकै बढी सहभागिता रहेको बताए । उनले भने ‘देशमा ३४ हजार सहकारीका लागि ५४ लाख सदस्यहरु रहेकोमा अधिकांश महिलाहरु नै रहेको छ ।’
सहकारीको आर्थिक विकासकालागि घरेलु व्यवसायी गरी रोजगारीको सृजना गर्न सकिने र विदेशि रहेको युवाअरु स्वदेशमै रोजगार गर्न सकिने बताए । उनले देशमा रहेको सहकारीले सना व्यापार व्यवसायिहरुको लागि अति आवश्यक भएको हुँदा यसमा सरकालाई पनि प्रतयक्ष रुपमा संग्लन हुनुपर्ने बताए ।
जिल्ला बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष विश्वनाथ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरवासीले नाचगान गर्दै प्रभातफेरी र र्याली प्रर्दशन समेत गरेका थिए ।