• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शासन सत्तामा ६५ प्रतिशत खस आर्यको उपस्थितिः २२ प्रतिशत आरक्षणको प्रस्ताव

शासन सत्तामा ६५ प्रतिशत खस आर्यको उपस्थितिः २२ प्रतिशत आरक्षणको प्रस्ताव

अनलाइन खबरमा छापिएको एक समाचार अनुसार निजामति सेवा ऐन (पाँचौ संशोधन)को प्रस्तावित मस्यौदामा खस आर्य समुदायका लागि २२ प्रतिशत आरक्षणको प्रस्ताव गरिएको छ । यो प्रस्ताव एकदमै विभेदपुर्ण र हचुवाको भरमा ल्याईएको देखिन्छ । आरक्षणको ब्यवस्था तिनीहरुकोलागी गरिएको थियो, जो पुरानो राज्य संरचनामा समुदाय, क्षेत्र, लिङ, भाषा आदिका कारणले विभेदमा परेका थिए । राज्यका विभिन्न संरचनाहरुमा तिनको उपस्थिति न्युन थियो, मुलधारमा पर्न सकेको थिएन् । त्यसको क्षतिपुर्ति स्वरुप केही वर्षको लागि आरक्षणको माध्यमबाट राज्यको संरचनामा सहभागी गराउने निति अवलम्न गरिएको थियो ।
२०६४ सालदेखी आरक्षण शुरु गरिएको थियो । त्यो ब्यवस्था अन्तरिम संविधान(२०६३)को मुलमर्म अनुसार लागु गरिएको थियो । अन्तरिम संविधानले पुरानो राज्य संरचना विभेदकारी रहेको स्वीकार गरेको थियो । तर उक्त प्रावधान ल्याएको १० वर्ष नपुग्दै फेरी संशोधन गरेर अहिले पनि ६५ प्रतिशत भन्दा बढी उपस्थिति रहेको खस आर्य समुदायलाई पुनः २२ प्रतिशत आरक्षण दिने सिफारिस गर्नु कतिको औचित्यपुर्ण छ ? यदि सबै समुदायलाई आरक्षण नै चाहिन्छ भने खुला सिट किन राख्नु पर्यो ?
यो सिफारिसको सबै मिलेर विरोध गरौ । आरक्षण प्रावधानको पुनरावलोकन हुनुपर्छ तर यसको तात्पर्य यो होइन कि जस्को राज्यको सम्पूर्ण संरचनामा अत्याधीक उपस्थीति छँदैछ, तिनैलाई फेरी आरक्षण दिनु । केही सीमीत ब्यक्ति वा समुहको सीफारीशको आधारमा मात्रै यस्तो महत्वपूर्ण निर्णय लिइनु हुँदैन ।
यसबारे खुल्ला बहस, अध्ययन, विश्लेषण जरुरी छ । अनलाइन खबरमा छापिएको एक समाचार अनुसार निजामति सेवा ऐन (पाँचौ संशोधन)को प्रस्तावित मस्यौदामा खसआर्य समुदायका लागि २२ प्रतिशत आरक्षणको प्रस्ताव गरिएको छ । यो प्रस्ताव एकदमै विभेदपुर्ण र हचुवाको भरमा ल्याईएको देखिन्छ ।
आरक्षणको ब्यवस्था तीनीहरुकोलागी गरिएको थियो, जो पुरानो राज्य संरचनामा समुदाय, क्षेत्र, लिङ, भाषा आदिका कारणले विभेदमा परेका थिए । राज्यका विभिन्न संरचनाहरुमा तिनको उपस्थीति न्युन थियो, मुलधारमा पर्न सकेको थिएन् । त्यसको क्षतिपुर्ति स्वरुप केही वर्षको लागि आरक्षणको माध्यमबाट राज्यको संरचनामा सहभागी गराउने निति अवलम्न गरिएको थियो । २०६४ सालदेखी आरक्षण शुरु गरिएको थियो । त्यो ब्यवस्था अन्तरिम संविधान(२०६३)को मुलमर्म अनुसार लागु गरिएको थियो ।
अन्तरिम संविधानले पुरानो राज्य संरचना विभेदकारी रहेको स्वीकार गरेको थियो । तर उक्त प्रावधान ल्याएको १० वर्ष नपुग्दै फेरी संशोधन गरेर अहिले पनि ६५ प्रतिशतभन्दा बढी उपस्थीति रहेको खस आर्य समुदायलाई पुनः २२ प्रतिशत आरक्षण दिने सिफारिस गर्नु कतिको औचित्यपुर्ण छ ? यदि सबै समुदायलाई आरक्षण नै चाहिन्छ भने खुला सिट किन राख्नु पर्यो ? यो सिफारिसको सबै मिलेर विरोध गरौ ।
आरक्षण प्रावधानको पुनरावलोकन हुनुपर्छ तर यसको तात्पर्य यो होइन कि जसको राज्यको सम्पूर्ण संरचनामा अत्यधिक उपस्थिति छँदैछ, तिनैलाई फेरी आरक्षण दिनु । केही सीमीत ब्यक्ति वा समुहको सिफारीसको आधारमा मात्रै यस्तो महत्वपूर्ण निर्णय लिइनु हुँदैन । यसबारे खुल्ला बहस, अध्ययन, विश्लेषण जरुरी छ । अधिकारकर्मी रीता साहको फेसबुक वालबाट ।