राजविराजमा भव्यताका साथ अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न, तीन मैथिलीसेवी सम्मानित (फोटो फिचरसमेत)

राजविराजमा भव्यताका साथ अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न, तीन मैथिलीसेवी सम्मानित (फोटो फिचरसमेत)
Bwtech New Add With Software & Bull SMS

राजविराज, ९ फागुन । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका सह–संयोजक समेत रहेका साहित्यकार गोपाल ठाकुरले शासकवर्गले वर्तमान अवस्थामा पनि स्थानीय स्तरका भाषाहरुको अस्तित्व समाप्त पार्ने षडयन्त्र गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा विद्यापति स्मृति पर्वका अवसरमा आइतवार मैथिली भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । भाषिक एवम् साँस्कृतिक अभियन्ता ठाकुरले भने ‘गोर्खाली शासकहरुले मैथिलीलगायतका भाषाहरुको अस्तित्व समाप्त पार्न एक भाषा एक भेषको निती ल्याएको र वर्तमान अवस्थामा पनि त्यही नितीलाई निरन्तरता दिईरहेको छ ।’4
नेपालमा बोलिने कतिपय भाषाहरु लोप हुने अवस्थामा पुगेको चर्चा गर्दै समृद्ध एवम् प्राचीन मातृभाषाहरुलाई समाप्त पार्नकै लागि नेपाली भाषालाई लाद्ने काम भएको बताए । भाषाकै कारण विश्वका दर्जनौ देश बनेको प्रसङ्ग कोट्याउँदै मातृभाषाहरुलाई समृद्ध बनाउन मातृभाषीहरु सशक्त भएर जुट्नुपर्नेमा नेता ठाकुरले जोड दिए ।
नेपालको संस्थापक मधेशी रहेको इतिहास कोट्याउँदै बाहिरबाट आएकाहरुले नै मधेशीमाथि शासन लाद्ने काम गरेको उनले बताए । ‘हामी गोपाल वंश र महिषालवंशका वंशज हौं, हाम्रा पुर्खाहरुले सिर्जेको देशमा हामीलाई नै दास बनाउन खोजिदैछन्’ उनले भने ‘हामीले आफ्नो भाषा, संस्कृति र पहिचानकालागि सशक्त संघर्ष गर्नु जरुरी छ ।’2
वर्तमान संविधान पनि भाषाको सन्दर्भमा स्पष्ट नरहेको भन्दै पूर्व सभासद् समेत रहेका नेता ठाकुरले राजनीतिक दलहरुले भाषिक एवम् साँस्कृतिक अधिकारको विषयलाई मुद्दा नबनाएका कारण मातृभाषाहरु समृद्ध हुन नसकेको बताए । नश्लवादी चिन्तनबाट ग्रसित शासकवर्ग विरुद्ध सम्पूर्ण मातृभाषीहरु एकजुट भएर अगाडि बढ्नुकासाथै आ–आफ्ना मातृभाषाको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।10
मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डलले राजनीतिक दलहरुले मातृभाषाहरुलाई उपेक्षा गरेकोले राजनीति एजेण्डाको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका राजनीतिक विष्लेशक प्रा. अमरकान्त झाले मातृभाषामा पठन–पाठनका साथै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन परिचालन समितिका केन्द्रीय प्रवक्ता बलराम यादवले कुनै पनि व्यक्ति तथा समुदायको पहिचानसँग भाषाको अनोन्याश्रित सम्बन्ध रहने गरेकोले यसको संरक्षण सम्वद्र्धनमा जोड दिए । पिछडा वर्ग महासंघका केन्द्रीय प्रवक्ता उपेन्द्र साहले सम्पूर्ण मातृभाषाहरुको संरक्षणमा जोड दिए ।
कार्यक्रममा प्रा शिवचन्द्र मिश्र, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरु देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका केन्द्रीयद्वय सदस्य ललन चौधरी, महेश यादव, जिल्ला संयोजक रामगमन साह, भाषा शास्त्री ईन्द्रेश ठाकुर, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी निवर्तमान अध्यक्ष करुणा झा, शिव ईन्टरनेशलन सेकेण्ड्री ईङ्गलिस बोर्डिङ्ग स्कूलका प्रिन्सिपल नरेश प्रताप साह, मैथिल महिला परिषदकी अध्यक्ष सबिता दास, प्राध्यापक अशोक झालगायतले मातृभाषा मैथिलीको महत्वबारे मन्तव्य व्यक्त गरे ।11
परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षता तथा सचिव श्यामसुन्दर यादवद्वारा सञ्चालित उक्त समारोहमा तीन जनालाई पुरस्कृत गरिएको छ । मैथिली क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै शिवदत्त मिश्र स्मृति पुरस्कारबाट पंडित महेश्वर झा र सागरबीर कडारीलाई सम्मानित गरिएको छ । यसैगरी विजयेन्द्र विनोद कला पुरस्कारबाट सागरवीर कडारीलाई सम्मान गरिएको छ ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति र पिछडावर्ग महासंघको सहआयोजनमा यसअघि झाँकीसहितको जुलुस प्रदर्शन गरिएको थियो । पब्लि विन्देश्वरी उच्च माध्यमिक विद्यालयबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । सोही अवसरमा परिषद्का निवर्तमान अध्यक्ष विवेकानन्द मिश्र र प्रमुख अतिथि ठाकुरलाई पाग र दोसल्ला ओढाएर सम्मान गरिएको छ । 6
जुलुसमा शिव ईन्टरनेशलन सेकेण्ड्री ईङ्गलिस बोर्डिङ्ग स्कूलका छात्र–छात्राहरुको विशेष प्रस्तुती रहेको थियो । जुलुसमा ह्याप्पील्याण्ड उच्च माबि, दुर्गा माबि र पब्लिक विन्देश्वरी उच्च माबिका छात्र–छात्राहरुको सहभागिता रहेको थियो ।7

तस्विरहरुः शंकर, रबिन्द्र

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *