• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

काँग्रेस बिरुद्ध मधेसीवादीहरुद्वारा वीरगञ्जमा प्रदर्शन, आन्दोलनकारी र प्रहरी बीच झडप

काँग्रेस बिरुद्ध मधेसीवादीहरुद्वारा वीरगञ्जमा प्रदर्शन, आन्दोलनकारी र प्रहरी बीच झडप

राकेश साह
वीरगञ्ज, १६ माघ । सहीद दिवसको अवसर पारेर नेपाली काँग्रेस नगर कार्य समिती वीरगञ्जले शनिवार झण्डा प्रर्दशन कार्यक्रमको मधेसी समुदायले बिरोध गरेका छन् ।
नेपाली काँग्रेसका नेताहरु पार्टीको झण्डा सहित मोटरसाईकल रयाली निकालेर वीरगंजको गण्डक चौक स्थित सहिद तेजबहादुर आमत्यको शालिकमा माल्यार्पण गर्न गएपछि आक्रोशित मधेसी युवाहरुले मधेसी एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ ,नेपाली काँग्रेस मुर्दावाद, शहिदको अपमान गर्न पाइदैन, मधेसीहरुको भावना बिपरित काँग्रेसको झण्डा फहराउन पाइदैन जस्ता नारा लगाउदै वीरगंजको घण्टाघरमा टायर बालेर बिरोध प्रर्दशन गरेका छन् ।
यसैगरी घण्टाघरबाट निस्केको आन्दोलनकारी युवाहरुको रयाली वीरगञ्ज गण्डक चौक स्थित शहीद तेजबहादुर अमात्यको शालिक अगाडी टायर बालेर प्रर्दशन गरेका छन् भने वीरगञ्ज नगर परिक्रममा समेत गरेका छन् । शहीद तेजबहादुर अमात्यको शालिक अगाडी बिरोध प्रर्दशन गर्दा स्थानिय प्रहरी प्रशासनसँग आन्दोलनकारी र प्रहरी बीच झडप भएको थियो । 8
झडपको क्रममा केही आन्दोलनकारीहरु घाइते भएका छन् । बिरोध प्रर्दशनमा संघीय समावेसी मधेसी गठबन्धनसँग आवद्ध नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, फोरम गणतान्त्रिकका महासचिव महम्द कदम रसुल, गठबन्धनका नेताहरु सञ्जय यादव, अनिरुद्ध सिंह, महम्द मुस्तकिम, नुर आलम, शेख समिर, संघिय समावेसी मधेसी युवा गठबन्धनका संयोजक ईश्वर यादव, सल्लाहकार ओमप्रकाश सर्राफ, गठबन्धनका युवा नेताहरु धर्मेन्द्र पटेल, रोशन पटेल, बिष्णु पटेल, बिर भुषण पटेल, अनिल गुप्ता, जलेश्वर सर्राफ, संतोष सर्राफ, भागिरथ साह, शत्रुधन यादव, फिरोज बादशाह, आन्नद गुप्ता, धुरेन्द्र पटेल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु शेख जलसोदिन, मुस्तफा अन्सारी, अस्लम आलम, प्रमोद साह, केदार साह लगायत नेता कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।