राजविराज, २९ पुस । नगर बाल क्लवद्वारा बुधवार निर्माण व्यवसायी संघ सप्तरीको सभा हलमा नगर बालभेला आयोजना गरियो ।
नगर बाल क्लवका अध्यक्ष अमर यादवको अध्यक्षता तथा बाल अधिकार अभियन्ता दिवाकर साहको प्रमुख आतिथ्यमा बालभेलाको आयोजना गरिएको हो । कार्यक्रममा दश ओटै वडाका सामाजिक परिचालक शिला कर्ण, कल्पना देवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्घोषक नगर बाल क्लवका आशिष गुप्ताले गरे । बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको उक्त भेलाले अगामी वर्षको कार्ययोजना तयार गरेका छन् ।