• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स्मार्टफोन सुरक्षित राख्ने पाँच तरिका

ई. अजयकुमार यादव
स्मार्टफोन, आम मानिसको आवश्यकताको साधन बनिसकेको छ । यतिखेर नेपालमा मात्र २० लाख भन्दा माथि स्मार्टफोन प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । यद्यपी यो संख्या नै वास्तविक नहुन पनि सक्छ । स्मार्टफोनको प्रयोगबाट आमदैनिकी पनि स्मार्ट बनेको छ । घर र कार्यालयबीचको दूरी मेटाइदिएको छ स्मार्टफोनले । स्मार्टफोनको प्रयोग गरेर धेरैले कार्यालय र व्यवसायिक कामहरु प्नि गर्ने गर्दछन् । जसका कारण स्मार्टफोनको सुरक्षामा ध्यान दिनु पनि आवश्यक भइसकेकोछ।
तपाईका गोप्य सूचना रजानकारीहरु स्मार्टफोन हराउँदा वा कार्यालय, घरमा छोडेको अवस्थामा अरुको पहुँचमा नपुगोस भन्नका लागि स्मार्ट फोनलाई सुरक्षित राख्न यस्ता पाँच तरिका छ जो निःशुल्क र सजिलै अपनाउन सकिन्छ ।
पासकोड प्रयोग
तपाईको स्मार्टफोन एण्ड्रोइड वा आइफोन जे भए पनि त्यसमा तपाईले फोन लक कोड राख्न सक्नुहुन्छ । त्यसो त स्क्रिन लकको सुविधा पनि फोनमा नै हुन्छ । तपाईले एपस्टोरमा स्क्रिनर फोन लक गर्ने एप पनि सजिलै र सित्तैमा पाउनुहुन्छ । यसको प्रयोग गर्नु भयो भने हतपत तपाईको फोन हातमा पार्नेले फोन खोलेर तपाईको सूचना, सम्पर्क तथा तथ्याङ्कहरु हात पार्न वा तीनको गोप्यतामा खेल्न पाउँदैन ।
गुगल एकाउन्ट तथा आइक्लाउड सुरक्षित राख्ने
स्क्रिन तथा फोन लक वा पासकोडको माध्यमबाट फोनलाई सुरक्षित गरेपछि तपाईले आफ्नो फोन सजिलै खोल्न नसकिने त बनाउनु भयो तर दोस्रो सुरक्षाको चरणका रुपमा तपाईले आफ्नो गुगल तथा आइक्लाउड एकाउन्टलाई पनि सुरक्षित पार्नुपर्छ । त्यसकालागि आफ्नो गुगल एकाउन्टको सेटिङ्गमा गएर टु स्टेप भेरिफिकेसन अप्सनलाई सुचारु गर्नुपर्छ । यसो गर्दा तपाईको फोनमा इमेल खोल्दा एउटा विशेष कोड राख्नुपर्छ जुन तत्काल जेनेरेट भएर तपाईको फोनमाआउँछ ।
जेल ब्रेकर रुट नगर्ने smartphones_660_052715124926_071615031954
जेल ब्रेक वा रुट एउटा तरिका हो जसबाट तपाईले आफ्नो फोनलाई आफ्नो तरिकाले र नियन्त्रणमा राखेर चलाउनसक्नुहुन्छ । यसलाई तपाई मोटरसाइकल मोडिफाइ गरेर चलाउनु सँग पनि दाँज्न सक्नुहुन्छ । तपाईले यसो गरेको खण्डमा तपाईको मोबाइलको ग्यारेन्टी तथा वारेन्टी त जान्छ नै तपाई यदि सामान्य प्रयोगकर्ता मात्र हो भने तपाईको फोन नै काम नलाग्ने अवस्थामा समेत पुग्न सक्छ ।
एप राख्दा सावधान
स्मार्ट फोनका लागि तयार एपस्टोरहरुमा खरिद गर्नुपर्ने मात्र नभएर सित्तैमा उपलब्ध एपहरु भकारीभरि भईसकेका छन् । त्यसो त विभिन्न वेबसाइटहरुले पनि आफ्ना एपहरु वेबसाइटमा डाउनलोडका लागि उपलब्ध गराएका छन् ।
इन्टरनेटको एउटा महत्वपूर्ण पक्ष नै एपडाउनलोडर अपडेट हुन थालेको छ । तर तपाईले जहाँसुकैबाट पनि एपडाउनलोड गर्नु भयो र फोनमा राख्नुभयो भने त्यो तपाईको लागि खतराको घण्टी बन्दछ । त्यसैले फोनमा आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्नुपर्छ । यदी तपाई एण्ड्रोइड फोन लिनुहुन्छ भने गुगलप्ले, एप्पलका फोन लिनु हुन्छ भने आइ ट्यूनर वीण्डोज फोन लिनुहुन्छ भने वीण्डोज स्टोरबाट मात्र एपहरु डाउनलोड गर्नुहोस् ।