• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वीरगञ्जको माईस्थानमा प्रर्दशनः घण्टाघरमा दोहोरो झडप

वीरगञ्जको माईस्थानमा प्रर्दशनः घण्टाघरमा दोहोरो झडप

वीरगञ्ज, १६ पुस । अधिकार प्राप्तिको लागि जारी मधेस आन्दोलनको विहीवार १४१औं दिन र नाकाबन्दीको १०० औं दिन संघिय समावेसी मधेसी गठबन्धन पर्साले वीरगञ्जको माईस्थानमा बिहान धर्ना तथा जनप्रर्दशन गरेको छ ।
गठबन्धन पर्साका संयोजक शरीफ अहम्दको अध्यक्षतामा आयोजित धर्नामा आन्दोलनकारीहरुले विभिन्न नारा लगाउँदै आवत–जावत पुर्णरुपमा ठप्प पारेका थिए । निर्धारित समय समाप्त भए पश्चात धर्ना कार्यक्रमलाई सम्बोन गर्दै नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले नाकाबन्दीको १०० औं दिन पुरा भएको अवसरमा शान्तिपुर्ण तरिकाले वीरगञ्ज शहरभित्र धर्नामा बस्नुपरेको बताउदै अधिकार सुरक्षित नहुञ्जेलसम्म गठबन्धनले बिभिन्न किसिमका रचनात्मक बिरोधका कार्यक्रमहरु गरिरहने बताए ।
धर्नामा गठबन्धनका नेता राजकुमार यादव, बिरेन्द्र यादव, रामसपा पर्साका अध्यक्ष प्रेमबाबु पटेल, सचिव धर्मेन्द्र पटेल, नेसपाका अध्यक्ष मनोज कर्ण, केन्द्रीय सदस्य अनिरुद्ध सिंह, सचिव जादोलाल साह, मधेशी जन अधिकार फोरम गणतान्त्रिक पर्साका अध्यक्ष मुस्तकिम अंसारी, नुर आलम, शेख समीर, संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव, युवा नेता रोशन पटेल, अनिल गुप्ता, सल्लाहकार ओम प्रकाश सर्राफ, जनतान्त्रिक तराई मुक्ति मोर्चाका कपिलदेव तिवारी, महिला नेतृ संगीता तिवारी, युवा नेता भागिरथ साह, संदिप चौरसिया लगायतका नेताहरुको सहभागिता रहको थियो । 2 (2)
धर्ना स्थल पश्चात माईस्थानबाट निस्केको गठबन्धनको रयाली घण्टाघरमा पुग्दा घण्टाघरमा लागेको सिटी राईड बस र टाटा सुमो धपाउँदा आन्दोलनकारी ,व्यवसायी र प्रहरी बिच झडप भएको थियो । झडपमा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेल घाईते भएका छन् । तत्पश्चात आन्दोलनकारीहरु घण्टाघरमा टायर बालेर प्रर्दशन गरिरहेको आन्दोलनमा सहभागि युवा नेता ओमप्रकाश सर्राफले बताए ।