आ–आफ्नो चश्मा फराकिलो बनाउः शिक्षक महासंघ

आ–आफ्नो चश्मा फराकिलो बनाउः शिक्षक महासंघ
Bwtech New Add With Software & Bull SMS

राजविराज, १३ मंसिर । शैक्षिक संघ संस्थाहरुले मंसिर ११ गते काठमाडौं रिङ्ग रोडमा स्कुले बालबालिकाहरुको तथाकथित मानव साङ्गलोप्रति सप्तरीका निजी क्षेत्रका विद्यालय छाता संगठन, प्याब्सन, एन प्याब्सन, नेपाल प्याब्सन, हिसान र साुमदायिक तर्फका शिक्षक महासंघले गम्भीर आपति जनाएको छ ।
महासंघले जेसिज भवनमा पत्रकार सम्मेलन आयोजना गरी उक्त कार्यप्रति गम्भीर आपत्ति जनाएका हुन् । बालअधिकार र संरक्षणको माग गर्नु जायज भए पनि त्यसकै आडमा राजनीति गर्नु वा राजनीतिमा फँस्नु काठमाडांैस्थित छाता संगठनका केन्द्रीय पदाधिकारी एवं शिक्षकहरुका लागि अशोभनीय तथा कुकृत्यको कार्य भएको भन्दै घोर भत्र्सना गरेको छ । सरकार र सरकारी बोली मात्र बोल्ने बहुसंख्यक राष्ट्रिय मिडियाको भाषामा अघोषित नाकाबन्दी भन्दा पहिला लगभग पचास दिनसम्म तराई मधेशका बालबालिकाहरुले विद्यालय जान नपाएको, त्यतिवेला र आजका दिनसम्म पनि यी छाता संगठनहरु र शिक्षकहरुले एक शब्द नबोलेको भनि प्रश्न गर्दै छाता संगठन र शिक्षकहरुको पनि विभेद र निषेध तथा कित्ता काटको खुल्ला राजनीति शुरु गरेको महासंघद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
‘बालअधिकार र अधिकारहरुको क्षेत्रमा काम गर्ने आईएनजिओ, एनजिओ र राष्ट्रिय मिडिया, सरकार, आन्दोलनरत पक्षहरु र अन्य सम्बन्धित निकायले आ–आप्mनो चश्मा फराकिलो बनाउ, वर्गिय चरित्रको घेराभन्दा बाहीर आउ र नेपाललाई समग्रमा हेर्ने गरौं’ संयुक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘काठमाण्डौ र एउटा खास वर्ग मात्र नेपाल र नेपाली होइन ।’
पत्रकार सम्मेलनमा प्रेषित संयुक्त प्रेस विज्ञप्तिमा नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्र प्रसाद साह, नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष देवु प्रसाद यादव, नेपाल शिक्षक मंचका अध्यक्ष सुकदेव यादव, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामेन्द्रनाथ यादव, मधेशी शिक्षक फोरम नेपालका अध्यक्ष श्याम प्रसाद यादव, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष किशोर कुमार साह, प्याव्सनका अध्यक्ष पंचदेव यादव, नेशनल प्याव्सनका अध्यक्ष बौकु साह, नेपाल प्याव्सनका अध्यक्ष दिनेश कुमार यादवको संयुक्त हस्ताक्षर रहेको छ ।
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डलले प्रेस विज्ञप्ति वाचन गरेका थिए । नेपाल शिक्षक महासंघका सल्लाहकार विजयानन्द झा, उपाध्यक्ष निलम मिश्रा, रामनाथ मेहता, एन प्याव्सनका सचिव नरेशप्रताप साह, प्रदीप चौधरीसमेतको सहभागिता रहेको थियो ।

Bigyapti

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *