राजविराज, १३ मंसिर । सप्तरीको पोर्ताहा वडा नम्वर –८ स्थित महुली पुललाई ध्वस्त पार्ने गरी अज्ञात समूहले राखेको दुई ओटा सिलिण्डर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
आइतवार बिहान पुल मुनि शंकास्पद अवस्थामा राखिएको दुई ओटा सिलिण्डर देखेपछि स्थानीयवासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट गएको प्रहरीको टोली सो सिलिण्डर बम बिष्फोट गराउने उद्देश्यले राखिएको पुष्टि भए पछि नेपाली सेनालाई खबर गरेका थिए । राजविराज स्थित कृष्ण दल गणबाट खटिएको प्राविधिक टोलीले विहान ११ बजे उक्त सिलिण्डर बम निष्क्रिय पारेको प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् । पुललाई क्षति पुर्याउने उद्देश्य उक्त बम राखिएको हुन सक्ने प्रहरीको अनुमान छ ।