• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विज्ञान-प्रविधि

पैसा कमाउने सञ्‍जाल ‘सगुन’को ग्‍लोबल लन्चिङ नेपालबाट

काठमाडौं: नेपालीले विकास गरेको नयाँ सामाजिक सञ्‍जाल ‘सगुन’को ग्‍लोबल लन्चिङ नेपालबाट सार्वजनिक हुने भएको छ। उक्त सञ्‍जालको नेपालसहित भारत र अमेरिकामा पनि एकै पटक भव्‍यताका साथ सार्वजनिक गर्न लागिएको  सगुन नेपाल च्‍याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिएका छन्।
उनका अनुसार प्रविधिको विकासमा भएको नयाँ सोचलाई विश्वनव्यापी रुपमा पुर्‍याउन  नेपालबाट सगुनको भव्‍य रुपमा सुरुवात गर्न लागिएको बताए। उनका अनुसार कार्यक्रममको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्।  नोभेम्बर महिनाको ८ तारिक अर्थात  आउँदो कार्तिक २२ गते होटल हिमालयमा सगुनको ग्‍लोबल लन्चिङ  गर्ने कार्यक्रम तय भएको छ।
सगुनका फाउन्डर गोविन्द गरीले सूचनालाई विश्‍वभर बाँडेर ज्ञान पाइने, सोही समयमा पैसा समेत कमाउने सोचले सगुनको निर्माण गरिएको बताए।
विश्‍वभर छरिएर रहेका नेपालीहरुबीचमा भेटघाट, विचार-विमर्श, आपसमा सामिप्‍यताका साथै प्रविधिको माध्‍यमबाट नयाँ सोचको विकासमा सहयोग पुग्‍ने उनले बताए।
उनले विशेष गरी नेपाली युवाहरुलाई प्रविधिको माध्‍यमबाट नयाँ सोचलाई प्रवर्द्धन गर्न उपयोगी भएको बताए।
यस्तै सगुनका को-फाउन्डर कबिन सिटौलाले विश्‍वले प्रविधिलाई प्रयोग गरेर काया पलट गरिसकेकोले अब यसको उपयोग नेपालीले गर्नु पर्ने बताए। उनी भन्छन्, ‘ अब नेपाललाई विश्‍वभर चिनाउने एक मात्र अचुक उपाय ‘टेक्‍नोलोजी वार’को खाँचो छ। यसमा नेपालीहरुले रचनात्‍मक भूमिका खेल्‍नुपर्ने समय आएको छ र विश्‍वभर नाम र दाम कमाएर चिनाउनु छ।’
प्रविधि नै परिवर्तन र विकासको सशक्त माध्‍यम भएको दाबी गर्ने उनले नेपालीहरुलाई सगुनले सो अवसर जुटाइदिने तयारी गरिसकिएको बताए।
सगुन अन्‍य सामाजिक सञ्‍जाल (फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्राम)जस्तै सूचना,ज्ञान बाड्‍ने र साथै पैसा कमाउने एक सञ्‍जाल हो।
वेवसाइटमै सोसल स्मार्ट कार्ड, व्यक्तिगत तथा व्यावसायिक पेज भएको साइट खुल्छ। यस्तो पेज भएको साइट अमेरिकामा रहेर कार्यरत नेपाली इन्जिनियर गोविन्द गिरीले स्थापना गरेको कम्पिनी सगुन  इंकले निर्माण गरेको सफ्टवेयर हो।
धनकुटाको लेगुवामा जन्मिएका गोविन्द गिरीले पेन्टागनमा सन् २००३ देखि कम्प्युटर इन्जिनियरका रुपमा काम गर्न थालेको लामो अनुसन्धानपछि धेरै नयाँ विशेषतासहितको ‘सगुन डट कम’ सर्च इन्जिन सन् २००९ मा बाहिर ल्याए जसले उनलाई पेन्टागन नै छोड्‍न बाध्‍य बनायो। (पेन्टागन छाडेर सगुनतिर)
गिरी कुनै समय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गर्दा  सगुनको सफ्टवेयरको विकास गरे र गुगलजस्तै  सर्च इन्जिन बनाउने प्रयास गरेका थिए।
सगुनमा  फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्रामसहितका मेसेजिङ विशेषता रहेको छ। यसका अतिरिक्त यसमा खाता खाता खोल्दा, साथी बनाउँदा, सेक्रेट म्यासेज पठाउँदा साइटमा इन्गेज भएर पुरस्कार प्राप्त हुन्छ।
यसलाई सगुन सोसल स्मार्ट कार्डको रुपमा समेत प्रयोग गर्न सकिने आइसिटी नेपालका संस्थापक समेत रहेका  राजु कट्टेलले भने, ‘विशेष प्रकारले डिजाइन गरिएको छ।
प्रयोगकर्ताले यसमा खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ।त्यसै गरी अन्य गतिविधिबाट जम्माम भएको  रकम निश्चित  समयपछि सगुन इंकले आधिकारिता प्रदान गरेका विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिन्छ।
श्रोतःअन्नपूर्ण पोष्ट