• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अधिबेशन स्थलमै नयाँ सदस्य आबेदकको विरोध प्रदर्शन

अधिबेशन स्थलमै नयाँ सदस्य आबेदकको विरोध प्रदर्शन
न्यूज टुडे
राजविराज, १६ बैशाख । 
सप्तरीका नयाँ सदस्यता आबेदक पत्रकारहरुले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं अधिबेशन स्थलमा विरोध प्रदर्शन गरेका छन् ।  हामीलाई सदस्यता किन दिएन ? के हामी अपराधी हौ ? सदस्यताको अधिकार किन खोसियो ? के हामी पत्रकार होइनौ ? हाम्रो के अपराध भन्ने नारा उल्लेख गरिएको व्यनर प्रदर्शन गर्दै उनीहरुले विरोध जनाएका हुन् । 
केन्द्रीय सचिब चौहानलाई ज्ञापनपत्र बुझाउँदै नयाँ सदस्यता आवेदक सौरभ यादव । फोटो : न्यूज टुडे
अधिबेशन उद्घाटन समारोह सुरु भएसंगै उनीहरुले विभिन्न नारा लेखीएको कालो व्यानर प्रदर्शन गर्दै विरोध जनाएका थिए । 
विरोध पछि मन्चासिन नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनिधिको रुपमा उपस्थित महासंघका केन्द्रिय सचिब दिपेन्द्र चौहानलाई सदस्यता पाउनु पर्नेसहितको ज्ञापन-पत्र बुझाएका छन् । 
प्रदर्शनकारीबीच नयाँ सदस्यता आवेदक पत्रकारहरु । फोटो : न्यूज टुडे
नेपाल पत्रकार महासंघ सप्तरीको ११ औं अधिबेशन तिरहुत गाउँपालिका ५ स्थित प्रसिद्ध पर्यटकीय स्थलमा भइरहेका छन् । कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखी रहेका छन् ।