• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवाकाे हकअधिकारलाई  सशक्त बनाउन युवा संजाल

युवाकाे हकअधिकारलाई  सशक्त बनाउन युवा संजाल
न्यूज टुडे
राजबिराज, २९ बैशाख । 
युवाहरूकाे हक अधिकारका लागि युवालाई सशक्त बनाई मुलधारमा ल्याउन खडक नगरपालिकामा पालिकास्तरिय युवा संजाल  पुर्नगठन गरिएकाे छ। 
खडक नगरपालिकाकाे समन्वय र सबल नेपाल तथा युएसएआईडीकाे सहयाेगमा शनिबार नागरिक, समाज तथा संचार कार्यक्रम( USAID/CSM) अन्तर्गत पालिका स्तरीय युवा संजाल पुर्नगठन गरिएकाे हाे। 
गठित युवा संजालको अध्यक्षतमा प्रल्लाद चाैधरी, उपाध्यक्षमा पार्वती चाैधरी, सचिवमा रकीराज प्रभात चाैधरी, सहचिवमा गुलसन परिवन, काेषाध्यक्षमा राजदेव पासवान चयन भएका छन् । 
यसैगरी सदस्यहरूमा शिवशंकर मण्डल, अर्जुन मण्डल, मनिष साह, दिपेन्द्र भगत, निरज साह, शंकर सहनी, मंजुला साह, साेनिया मण्डल, साजिद अख्तर शेख, निसु बिश्वकर्मा, दिपिका चाैधरी र अंजली राम रहेका छन। 
गठित संजालले पालिकास्तरमा देखिएका युवा, महिला, दलित, सिमान्तकृत वर्गकाे आवाजलाई बढाउन तथा मुलधारमा ल्याउन र उनीहरूकाे समस्याहरूलाई पैरबी, वकालत मार्फत पहल गर्नका लागि युवा संजाल गठन गरिएकाे संजालका अध्यक्ष प्रल्लाद चाैधरीले जानकारी दिए।
समुदायमा बेराेजगारी, बालविवाह, लागू औषध, स्वास्थ्य, लागू पदार्थ दुर्व्यसन , देहज प्रथा, समस्यालाई सामाधान गर्नका लागि संजाललाई सश्क्तीकरण, सक्रिय, बनाई अभियानकाे रूपमा परिचालन गरिने उदेश्यले गठन गरिएकाे सबल नेपाल नागरिक, समाज र संचार कार्यक्रम संयाेजक शुभ नारायण भिनवार यादबले बताए। 
कार्यक्रममा सहभागी युवाहरूले वालवालिका र युवाहरूकाे सीप मुलक गुणस्तरिय शिक्षा, तालिमकाे अभाव कारण युवाहरू बेराेजगार भएकाे बताउँछन। 
सिपमुलक राेजगारकाे व्यवस्था गर्नु, उधाेगकाे संचालन, लागू पदार्थ सम्बन्धि तालिमहरूकाे ब्यबस्था गर्ने, जनचेतना मुलक कार्यक्रमहरू संचालन गर्ने, गरिब, एकल महिलाहरूलाई समय-समयमा सहयाेग सँगै रोजगारीको ब्यबस्था गर्ने जस्ता समस्याहरू समुदायमा रहेकाे युवा संजालका सदस्य साेनिया मण्डलले बताईन। 
पालिका स्तरीय दुई दिने युवा संजाल  पुर्णगठन कार्यक्रममा एसिया फाउन्डेशनका राेशन कुमार झा, सबल नेपालका कार्यक्रम म्यानेजर शुभनारायण भिनवार यादब,सवनम यादब लगायतले सहजिकरण गरेका थिए।