• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रगति टोलका युवाहरु जुटे सरसफाईमा 
उत्तम आचार्य 
कन्चनरुप , १५ चैत ।
सप्तरीको कन्चनरुप १२ रुपनगर प्रगतिटोलका युवाहरु सरसफाइ अभियानमा जुटेका छन् ।  उनीहरुले बिहिवार आफ्नो गाउँमा रहेको नाला सरसफाइ गरेका हुन् ।
गाउँ समाजको परिवर्तन गर्न युवाहरुबाट सम्भव छ भान्ने उदेश्य राखी गाउँलाई  सफा र सुन्दर बनाउन हामी युवाहरू एक जुट भइ सरसफाइ अभियानमा लागेको युवा सुमन खतिवडा बताए  । 
“आफ्नो गाउँ आफैले बनाउने हो अरुको मुख ताकेर हुदैन, उनले भने, ,अरुको मुख ताकेर बसेमा समाजलाई कहिल्यै परिवर्तन गर्न सकिदैन ।” 
“सुन्दर र सफा गाउँ बनाउने उदेश्यले युवाहरु मिलेर गाउँको नाला सफा गरेका हौ” भन्छन अर्का युवा सुजित काफ्ले ।
सभ्य समाज निर्माण गर्न युवाहरुको प्रमुख दायित्व रहेकोले प्रगतिटोलका युवाहरु मिलेर युवाहरुमा सकारात्मक संदेश जाओस भन्ने उदेश्य लिएर हामीले रचनात्मक कामको शुरु गरेको अर्का युवा निरन अधिकारी बताए ।