• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागुऔषधसहित साह पक्राउ

राजविराज, ११ माघ । प्रहरीले सप्तरीको खडक नगरपालिका वडा नम्वर १ टावर चौकबाट शनिवार लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी सिस्वा वेल्हीबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्रकुमार साहको कमाण्डमा खटिएको टोलीले बोदे बरसाईन नगरपालिका वडा नम्वर ३ का २१ वर्षीय निरज साहलाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा भारतबाट स२प ७१२८ नम्वरको माटरसाईकलमा सवार भई नेपालतर्फ आउँदै गरेको साहको साथबाट १० थान नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको साहलाई मोटरसाईकल र लागुऔषधसहित आवश्यक कारवाहीकालागि ईलाका प्रहरी कार्यालय कडरबोना पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।