• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

तराई–मधेशका जिल्लाहरुमा अचेल आगलागीका घटना बढी हुन थालेका छन् । एकै जिल्लामा एकैदिन विभिन्न ठाउँमा आगलागी भएका घटना पनि हुन् ।
यसरी ठाउँ–ठाउँमा आगो लाग्न थालेपछि त्यसको नियन्त्रण एक चुनौती नै बन्ने गरेको अवस्था छ । सप्तरीमा पनि बैशाख महिना भित्रै अहिलेसम्म दुई वटा ठूला आगलागीमा भईसकेका छन् । पडेमारामा आगलागी भएको १० दिन भित्रै चिम्टीमा लागेको आगोले त्यो भन्दा ठूलो क्षति गरेको छ । यसरी हुने सम्भव हुन्छ भन्न सकिन्न । विशेषगरी ग्रामीण भेगमा आगलागी बढी हुने गरेका छन् । गाउँमा पशुपालन व्यवसाय पनि भएका कारण तिनलाई खुवाउनका लागि पराल, भुस्सा आदिको जोहो गरिएको हुन्छ । काठ तथा फुसका संरचना भएका घरहरु हुन्छन् भने गहुँ चुट्ने थ्रेसर मेशिनको प्रयोग पनि गाउँघरमा नै हुने गर्दछ । यी सव पनि आगलागीका कारक बन्न सक्दछन् । विवाहको लगन समेत रहेका कारण यस्ता अवसरमा गरिने आतिशबाजीले पनि आगो लाग्न सक्छ । बाटो समेत अतिक्रमण हुने गरी बाँसका भाटाले हुने गरेका घेरबेरले बाटोलाई साँधुरो बनाई दिने र आगो लाग्दा बारुणयन्त्र सहजरुपले घटनास्थलसम्म लैजान समेत समस्या रहने गरेको छ ।
यी कमजोरी पक्षमा सुधारका साथसाथै आगलागीका बारेमा व्यक्ति व्यक्तिले सचेतना र सावधानी अपनाएर काम गर्नुपर्ने अहिले मुख्य आवश्यकता हो । यसमा सबैको साथ र सहयोग अपेक्षित छ ।