• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फत्तेपुरमा एक पुरुषको शव फेला
शिवप्रसाद आचार्य 
फत्तेपुर, ०२ जेठ।
सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा  बुधबार एक ब्यक्ती मृत फेला परेका छन्। दिउँसो करिव साढे १२ बजे करिव अन्दाजी ५५ वर्षका पुरुष मृत फेला परेका  हुन्।
कवाडी सामान संकलन गरेर जिविका चलाउँदै आएका उनी सामानको भारी बोकेर हिडिरहेका बेला अचानक लडेर वेहोस भएको र तत्कालै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले उनको हर्टएट्याकका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ।
पस्थानीयका अनुसार उनी भारतीय नागरिक हुन। उनी लामो समयदेखि फत्तेपुरमै वस्दै आएको जनाईएको छ। तत्काल मृतकको परिचय खुलेको तथा उनका आफन्तहरु घट्नास्थल आउँदै गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए । 
ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाई घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी नेपालले जानकारी दिए।