• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संघीयता कार्यान्वयनका लागि स्थानीय स्तरमा राससको कार्यालय संचालन : अध्यक्ष झा

संघीयता कार्यान्वयनका लागि स्थानीय स्तरमा राससको कार्यालय संचालन : अध्यक्ष झा
न्यूज टुडे 
राजविराज, ६ बैशाख । 
राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धमेन्द्र झाले संघीयता कार्यान्वयन गर्न राससको कार्यालय स्थानीय स्तरमा संचालन गरिएको बताएका छन् ।  सप्तरीको बोदेबर्साईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवसंग बिहीवार भएको भेटघाटको क्रममा उनले यस्तो बताएका हुन् । 
 नगरप्रमुख यादवसंग भेटघाटको क्रममा बोल्दै अध्यक्ष झाले रासस स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्न तयार रहेको भन्दै रासस सरकारकै एक अंग रहेको बताए । 
संघीयतालाई कार्यान्वय गर्न राससले स्थानीय स्तरमा कार्यालय सञ्चालन गरेको बताउँदै उनले सप्तरी सदरमुकाम राजबिराज स्थित रहेको राससको कार्यालयमा भौतिक संरचनाको अभाव रहेको हुदाँ सबै स्थानीय सरकारसंग आवश्यक सहयोगका लागि आग्रह गरे ।