• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको महुलीमा आगलागी,  लाखौंको क्षति

सप्तरीको महुलीमा आगलागी,  लाखौंको क्षति
न्यूज टुडे
राजविराज, ६ बैशाख । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय रामचन्द्र मेहताको घरमा बुधबार मध्यरातमा आगलागी भएको हो ।
आगलागीमा परि खाद्यन्न, लत्ताकपडा, फर्निचर, ग्याससिलिन्डर,चुल्हो र घर पुर्ण रुपले जलेर नष्ट भएको छ । 
रामचन्द्रका बुवा बस्दै आएको घरमा रामनवमीको असारमा साँझमा पुजा गरि राखिएको दियोबाट आगो सल्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
आगो ग्यास सिलिन्डरमा सल्किएपछी नियन्त्रणमा लिन समय लागेको थियो ।  सिलिन्डर पड्किएर ठूलो आवाज आउँदा स्थानीय त्रसित भएका थिए । 
आगो कन्चनरुप नगरपालिकाबाट आएको बारुण यंत्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
आगलागीमा ५ लाखभन्दाबढीको क्षति भएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।