• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स्वर्गीय सिंहको शालिकमा माल्यार्पण
न्यूज टुडे
राजविराज, ५ बैशाख । 

मधेसवादका प्रणेता तथा नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय गजेन्द्रनारायण सिंहको ९५ औं जन्म जयन्तीको अवसरमा बुधबार जनता समाजवादी पार्टीका नेतासहित विभिन्न व्यक्तित्वले स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरेका छन् । पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले स्वर्गीय सिंहको राजविराज स्थित गजेन्द्रचौकको शालिकमा गइ माल्यार्पण गरेका हुन् ।

मधेशवादका प्रणेत सिंहको शालिकमा माल्यार्पणका लागि सहभागी नेताकार्यकर्ताहरु । फोटो : न्यूज टुडे
साहसंगै गएका पार्टीका युवा नेता निरज मुक्ति, विनोद कुमार यादव, पुनम यादव,सुभास यादवलगायतका समेतले सिंहको शालिकमा माल्यर्पण गरेका थिए । 
माल्यर्पणमा पुर्व नगरप्रमुख शम्भु प्रसाद यादव, राष्ट्रिय मुक्ति  क्रान्तिका दिपेन्द्र कुमार चौधरीसमेतले कार्यक्रममा माल्यार्पण गरेका थिए । 
युवा नेता विनोद कुमार यादवले स्वर्गीय सिंहको शालिक रहेको ठाउँ विहानै सरसफाइ गरेका थिए भने पुनम यादवले स्वर्गीय सिंहको जन्मजयन्तीमा मिठाइँ वितरण गरेकी थिइन् ।