• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकाको वडा नं.४ स्थित आधारभूत विद्यालय केन्द्र नं.६ को शैक्षिक गतिबिधिको प्रशंसा हुन थालेको छ ।
विद्यालयका बालवालिकालाई लक्षित गरी व्यवस्था गरिएको कुरा तिनीहरुलाई दिने,बालमैत्री बातावरणमा पठनपाठन गराउने, शिक्षक,अभिभावक तथा व्यवस्थापन समितिको समेत विद्यालयमा निर्बाध पठनपाठन प्रतिको समर्पणका कारणले यस विद्यालयले राम्रो उपलब्धि हासिल गर्न सफल भएको बताईन्छ । उपलब्धिकै कुरा गर्दा बालवालिका विद्यालयमा नियमित उपस्थित हुन्छन् भने त्यसलाई पनि सफलता नै मान्नु पर्दछ । उक्त विद्यालयले लक्षित बालवालिकालाई दिनु पर्ने छात्रबृत्ति तदनुरुप प्रदान गरेको, विद्यालयका शिक्षकहरु पठनपाठन प्रति समर्पित रहेको र शिक्षकहरुका वीच आपसी समन्वय रहेका कारणले पनि यस शिक्षण संस्थाका बारेमा सकारात्मक प्रतिक्रिया आउने गरेको पाईन्छ । सरकारले शिक्षाकालागि ठूलो रकम लगानी गर्दै आएको छ । तर कतिपय विद्यालयमा यति ठूलो रकम लगानी गरेर पनि उपलब्धि आउन नसकेको,शिक्षकहरुका वीच नै विवाद रहेको तथा विद्यालय प्रशासन र व्यवस्थापन समितिका वीच पनि तालमेलको अभाव रहेका कारण यसको सोझै प्रभाव पठनपाठनमा परिरहेको अवस्था अहिले पनि कायमै छ । कतिपय विद्यालयमा प्रधानाध्यापक बन्ने होड चलिरहेका कारण नियमित कक्षा समेत सञ्चालन हुन नसकिरहेका समाचार आउने गरेका छन् । केन्द्र नं.६ स्थित यस विद्यालयमा लामो समयदेखि रहेका प्रधानाध्यापकले विद्यालय प्रति देखाएको समर्पणका कारणले पनि यहाँ पठनपाठन नियमित हुन सकेको भनि कतिपय अभिभावकले यस अघि नै प्रशंसा नगरेका होईनन् ।
वर्तमान वडाध्यक्ष समेतले यस विद्यालयमा पठनपाठन राम्ररी सञ्चालन हुन सकोस् भन्नाकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भनि प्रतिबद्धता जनाईसकेका कारण आगामी दिनमा पनि यसले सकारात्मक परिणाम हासिल गर्ने अपेक्षा लिन सकिन्छ ।