• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा अचेल बाँदरले सर्वसाधारणलाई निकै हैरान तुल्याउन थालेका छन् । विशेषतः चुरे आसपासका क्षेत्रमा बस्दै आएकाहरुलाई बाँदरले बढी हैरान पार्ने गरेका छन् ।
उसै पनि जिल्लाको उत्तरी भेगमा सिँचाईको अभाव रहेका कारण बालिनाली लगाउन समस्या छ । त्यसमाथि सकिनसकी लगाएको बालीमा समेत बाँदरले क्षति पु¥याउन थालेपछि उनीहरुको कृषि पेशा नै चोपट हुने चिन्ता बढेको छ । उजाडिँदै गएको चुरे जंगलका बाँदर आहाराको खोजीमा गाउँ बस्ती तर्फ पस्न थालेका छन् । घरका मानिस बाहिर रहेको मौका पारेर पस्ने सयौंको संख्याका बाँदरहरुको हुलले घर घरमा पसेर खानेकुरा, अन्नपात लगायतमा क्षति गर्ने, बारीका फलफूल, तरकारी नष्ट गर्ने जस्ता उपद्रो मच्चाउने गरेको पीडितहरुको कथन छ । बस्तीमा यसरी बाँदर पस्नुको मूल कारण चुरेको बढ्दो विनाश पनि हो । जंगलमा बस्ने बाँदर ज·लै उजाडिए पछि बस्ती तर्फ पस्छन् नै । चुरेका ज·लमा बाँदरका लागि फलफूल लगायतका आहारा पाउन छाडेपछि अहिले गाउँ बस्तीमा बाँदरको प्रवेश बढ्न थालेको हो । बस्तीमा बस्ने गरेका बाँदरलाई लखेटेर मात्र समस्याको समाधान भईहाल्छ भन सकिन्न । वनज·ल नै बाँदरहरुको प्रमुख वासस्थल हो । तर अहिले क्रमशः चुरेको वन उजाडिँदै गएको छ । चुर विनाशको कारणले तराई–मधेशका जिल्लामा पानीको संकटका लक्षणहरु देखिन थालसिकेका छन् । त्यसमाथि उजाडिँदो चुरे क्षेत्रका बाँदर पनि बस्ती तर्फ पलायन हुनु अर्को समस्या थपिएको छ । यसका लागि चुरेको वन क्षेत्रको संरक्षण पहिलो आवश्यकता बनेको छ ।
चुरे उजाडिएमा यसको संकट आफूहरुले नै भोग्नु पर्छ भन्ने वास्तविकतालाई मनन गर्दै समुदायबाट पनि चुरे संरक्षणको अभियानमा सहभागीताको आवश्यकता देखिन्छ । चुरेबाट काठ, दाउरा ल्याउर बेच्ने, काठ तस्करी गर्ने, जथाभावी रुख बिरुवा काट्नेमाथि समुदाय स्तरबाट समेत निगरानी बढाउन सकियो भने उजाड बन्दै गएको चुरेको हरियाली फर्काउन सकिने छ । यसका साथै चुरे विनाशबाट उत्पन्न समस्या पनि घटेर जाने सम्भावना बढ्ने छ ।