• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मावि बभनगामाकट्टीमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा तिलाठीको विजयी

मावि बभनगामाकट्टीमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा तिलाठीको विजयी

रामनाथ यादव
राजविराज, १४ चैत ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित कट्टीमा गाउँपालिका स्तरीय टि– २० क्रिकेट प्रतियोगिता संचालन गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाको आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो । मंगलबारदेखि सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा वडा नम्बर १ तिलाठीले विजयी सुरुवात गरेको छ । तिलाठीले वडा नम्बर ८ तोपालाई ५२ रनले पराजित गर्दै जित हाँसिल गरे । टस जितेर ब्याटि· गरेको तिलाठीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । जसमा शिव कामैतले चार छक्काको मद्तले ४६ बलमा ६१ रन बनाए भने आशिकमिश्रले २२, मुकेश यादवले १८ र राजकुमार यादवले १२ रन बनाएका थिए ।

तोपाका लागि भरत दासले २ तथा दिपेन्द्र मण्डल, सुनिल यादव र रविन्द्र मण्डलले १÷१ विकेट लिए । जितकोलागि १ सय ५९ रनको लक्ष्य पछ्याएको वडा नम्बर ।८ तोपा टिमले २० ओभरमा ८ विकेट गुमाई १ सय १ रन मात्र बनाउन सक्यो भने पेनाल्टीको रुपमा पाँच रन थपपाएको थियो । तोपाका लागि भरत दासले सर्वाधिक १४ रन बनाए भने चन्द्र भुषण मण्डल, सुनिलयादव र धनराज मण्डलले समान १२÷१२ रनको योगदान दिएका थिए ।

गाउँपालिका स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा गाउँपालिका अध्यक्ष मण्डल, प्रमुख प्रशासकीय अधिकृत यादव सहित सहभागी खेलाडीहरु । फोटोः न्युज टुडे

तिलाठीको लागि चन्दन झा, सुनिल यादव र कारी झाले २÷२ विकेट लिए भने मिथुन यादव र शिव कामैतले १÷१ विकेट हातपार्दै आफ्नो टिमलाई विजयी गराउन सफल भए । उक्त खेलमा वडा नम्बर १ तिलाठीका शिव कामैतलाई म्यानअफ द म्याचको पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेल वडा नम्बर २ लौनियाँ र वडा नम्बर ४ कोइलाडी बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ३ सकरपुरा र वडा नम्बर ५ को. बर्साइन बीच हुने प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले बताए ।

यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख प्रशासकीयअधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, ललनप्रसाद राउत र सत्यनारायण यादवले मन्तब्य ब्यक्त गरे । कार्यक्रमको संचालन गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।