• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

कन्चनरुप नगरपालिकामा मेयर कप खेलकुद प्रतियोगिता सुरु

कन्चनरुप नगरपालिकामा मेयर कप खेलकुद प्रतियोगिता सुरु

राजकुमार साह
कञ्चनपुर, ७ चैत ।
सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा संचालित मेयर कप खेलकुद प्रतियोगिता २०७९ शुरु भएको छ । कंचनरुप २ स्थित बरमझियाको खेल मैदानमा आयोजित खेलकुद प्रतियोगिताको एक समारोहका विच मंगलवार नेपाली काँग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उद्वघाटन गरेको हो ।

मेयरकप प्रतियोगिताम प्रतिस्पर्धा गर्दै खेलाडीहरु । फोटोः न्यूज टुडे

कंचनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजना कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिनेश यादव, पुर्व साँसद डा. सुर्य नारायण यादव, प्रदेशसभा सदस्य सकिल मियाँ ,पुर्व प्रदेशसभा सदस्य सत्यनारायण मण्डल लगायतले शुभकामना मनतव्य व्यक्त गरे । यसैगरी जिल्ला समवन्य समिती सप्तरीका प्रमुख शिव नारायण साह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र कुमार माझी,तिरुहुत गाउपालिकाका अध्यक्ष बिजय प्रसाद यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, प्रजिअ भुपेन्द्र थापा, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी, तिरुहुत गाउँपालिकाकी उपाध्यक्ष बिणा यादबलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

खेल उद्वघाटन प्रतियोगितामा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जसपा जिल्ला कार्यकारिणी समिती सदस्य रामेश्वर यादव, काँग्रेस क्षेत्र नम्बर १ का सभापति बद्री महत्मान यादव, कंचनरुप नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्ष, विभिन्न राजनीति दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मंगलवारको उदघाट्न खेलमा जनप्रतिनिधि र कर्मचारी बिच फुटबल र ब्याडमिन्टन मैत्रीपुर्ण खेल खेलेर मेयर कप प्रतियोगिता सञ्चालन गरेको आयोजक कञ्चरुप पालिकाले जनाएको छ ।प्रतियोगितामा फुटबल ,क्रिकेट,ब्याडमिन्टन, क्रमबोर्डलगायतको खेल संचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो चरणको मेयर कप खेलमा फुटबल र क्रिकेट खेल हुने भएको छ भने दोस्रो चरणमा ब्याडमिन्टन र क्रेमबोड खेल हुने भएको छ ।

प्रतियोगितामा १२ वटै वडाले फुटबलमा भागलिएको छ ,भने क्रिकेट खेलमा वडा नम्बर ५ र ६बाहेक १० वटा वडाको टिमले सहभागी जनाउने छन। फुटबल खेल बरमझियाको खेल मैदानमा हुने छ भने क्रिकेटको खेल वडा नम्बर ९ स्थित खैरवनाको मैदानमा हुने नगरप्रमुख गुप्ताले बताए । मेयर कपको फाइनल खेल चैतको १५गते हुने तथा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड प्रमाणपत्र मेडल तथा दोस्रो हुनेलाई नगद ३०हजार, प्रमाणपत्र, कप, मेडल प्रदान गरिने जनाएको छ ।