• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीका अधुरो सडकहरूलाई एक महिनामा पूर्णता दिन मन्त्री यादवको निर्देशन

सप्तरीका अधुरो सडकहरूलाई एक महिनामा पूर्णता दिन मन्त्री यादवको निर्देशन

न्यूज टुडे
राजबिराज, ०२ कार्तिक ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सप्तरी सदरमुकाम जोड्ने अधुरो सडकहरूलाई एक महिनामा पूर्णता दिन निर्देशन दिएकी छिन् । सप्तरीको राजबिराजमा मंगलबार  सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले सप्तरीको सदरमुकाम जोड्ने अधुरो सडकहरुको कार्यलाई तिब्रता दिन आग्रह गरिन् । भौतिक पूर्वधार बिकासमा सप्तरी जिल्ला निकै उपेक्षामा परेको चर्चा गर्दै मन्त्री यादवले हाल हुँदै गरेको स्वास्थ्य, शिक्षा तथा सडकहरूको स्तरोन्नतिको कार्यहरू जसपा अध्यक्ष उपेन्द्र यादवको देन रहेको उल्लेख गरिन् ।

सप्तरी सदरमुकाम राजबिराज जोड्ने सडकसहित अधिकांश योजना अधुरो हुनुको कारणबारे सरोकारवालाहरुसँग जवाफ माग्दै मन्त्री यादवले एक महिना भित्र परिणाम आउने गरि सडक निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिईन् । अब निर्माण कार्यको ठेक्का लिएर काम नगर्ने प्रवृत्तिको अत्य हुन्छ, मन्त्री यादवले भनिन्, कामको जिम्मेवारी लिएर कुनैपनि बहानामा पन्छिनु पाउने छुट कसैलाई हँुदैन, समयमा काम नगर्ने तथा अलपत्र पारेर भाग्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाहीको दायरामा आउनुपर्छ । उनले समयमा जिम्मेवारी बहन गर्ने ठेकेदार तथा कम्पनीलाई प्रोत्साहन गर्ने समेत बताईन् ।

अन्तरक्रिया कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र २ ख बाट निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले मन्तव्य व्यक्त गर्दै सडक निर्माणको कार्यमा ढिलासुस्ती गर्नु नहुने बताए ।

कार्यक्रममा सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिहरु र जसपाका बिभिन्न तहका नेताकार्यकर्ताहरुको उपस्थित रहेको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादवले जानकारी दिए ।