• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बोदेबर्साईनमा मनाईयो अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवस

बोदेबर्साईनमा मनाईयो अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवस

न्यूज टुडे
राजबिराज, ०१ कार्तिक ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ९ स्थित मिम्राहामा सोमबार अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवस मनाएको छ । युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालय तथा महिला बालबालिका तथा यूवा सशक्तिकरण नेपाल राजबिराजको आयोजनामा एक समारोहका बीच दिवस मनाईएको हो ।

मानव अधिकारकर्मी नरेन्द्र नारायण साहुको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका सदस्य तुन्ज बराईलीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियोे । हामी पनि मानिस हौं पशु नठान, उच्च बिचार र गरिवीको जंजिरमा नबाँधौं भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि दलित आयोगका सदस्य बराईली, निर्मला पासवान, सियाराम पासवानलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

पूर्व शिक्षक भुवनेश्वर यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक प्रमेश्वर मण्डलले गरे । देशमा भएको गरिबी उन्मूलन गरि सबै नागरिकले गरिबी तथा भोकमरीबाट मुक्त गराउन संदेश दिदैं दिवसको आयोजना गरेको मानव अधिकारकर्मी नरेन्द्र नारायण साहुले जानकारी दिए ।

दलित समुदायमा बिकृति र बिसंगतिका कारण चरम गरिबी बढ्दै गएकोले दलित समुदाय बसोबास गर्ने ग्रामीण भेगमा जनजागरण गराउने उद्देश्यले चेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको मानव अधिकारकर्मी साहुले जानकारी दिए ।